लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको सोच तथा दर्शन संगै विद्यार्थीको हकहितको लडाइँ भने अवश्य हो ।

एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको केन्द्र समेत हो । एक शिक्षा पुस्तकका अक्षर मात्र होईन यो चेतना, नैतिकता, मूल्य तथा भविष्य निर्माणको एक महत्त्वपूर्ण आधार समेत हो । त्यसैले एक सभ्य एवम् प्रगतिशील समाज निर्माणका निमित्त शिक्षित नागरिकहरूको आवश्यकता देखिन्छ र त्यही समाज निर्माण गर्न पहिले शिक्षालाई सुदृढ बनाउन विद्यार्थी स्वयं सचेत हुन जरुरी छ । 
नेपालको स्ववियु र नेपालको विद्यार्थी आन्दोलन एक अर्का सँग पारस्परिक रूपमा गाँसिएको इतिहास अवगतनै छ। २०२३ साल देखि नेपाली विद्यार्थीको हक–अधिकारको प्रतिविम्ब बनेर अघि बढ्दै आएको स्ववियुले इतिहासका विभिन्न कालखण्डमा यसले शैक्षिक सुधारदेखि सामाजिक रूपान्तरणसम्मका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर आजको परिवेश अथवा आजको विद्यार्थी आन्दोलन भने अलि फरक छ । हिजको विद्यार्थी आन्दोलनमा जोडिएको सभ्यता , लगाव , संस्कार , अनुशासन र संस्कृति आज न देखिन सक्छ? त्यसैले अहिलेको विद्यार्थी आन्दोलन बाह्य शक्तिविरुद्ध मात्र नभई शैक्षिक क्षेत्र भित्रका आन्तरिक कमी कमजोरीहरूको विरुद्ध अल्लि सशक्त तरिकाले लाग्न आवश्यक छ।

हाम्रो शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कँदै गहिरहेको पछिल्लो तथ्याङ्कले प्रस्ट पार्दिएको छ। क्याम्पसभित्र अनुशासन कमजोर तथा व्यवस्थापनमा फितलो हुँदा शैक्षिक प्रणालीप्रति वितृष्णा बढ्दै गहिरहेको छ। जसको कारण युवा विद्यार्थी देशबाट बाहिरिँदो अवस्थामा छन् । अझ त्यहीँ माथी विद्यार्थीलाई शिक्षाका मूलभूत सवालबाट गान्धारीझैँ अनभिज्ञ राखिन खोजिएको छ । यस्तो अवस्थामा एक सक्षम विद्यार्थी नेतृत्व र स्ववियुले के गर्न सक्छ भन्ने? यसको उत्तर हाम्रो सामूहिक चेतनामा निर्भर हुन आवश्यक छ ।

एक सक्षम नेतृत्व पुग्यो भने स्ववियुले नीतिगत दबाबमार्फत शिक्षामा सुधार ल्याउन सरकार र विश्वविद्यालय प्रशासनलाई बाध्य पार्न सक्छ? यसले विद्यार्थीलाई उनीहरूको अनुशासन अधिकार र कर्तव्यप्रति जागरूक गराउने भूमिका खेल्न सक्छ । त्यसैले असल विद्यार्थीहरुले योग्य विद्यार्थीलाई नेतृत्वदायी भूमिकामा ल्याएर विद्यार्थीका उज्ज्वल भविष्यका निम्ति कुशल नेतृत्व विकास गर्न आवश्यक सक्छ ।
स्ववियुले यी कुरालाई सम्बोधन मार्फत पूरा गर्ने जिम्मेवारी लिन्छ र स्ववियु सही ढङ्गमा परिचालित हुने हो र असल नेतृत्व पुग्ने हो भने यसले यस्ता विभिन्न प्रश्नको जवाफ खोज्ने ल्याकत राख्छ । स्ववियुले केवल कक्षा कोठाभित्र मात्र होइन, क्याम्पसको हरेक कुना–कुनामा शैक्षिक क्षेत्र लाई मजबुत गराउदै शिक्षामा उज्यालो फैलाउने प्रमुख कर्तव्यका साथ राज्यको शैक्षिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

*अब स्ववियुमा मेरो दाबी
म केवल एक विद्यार्थी मात्र होइन, शिक्षाको सही अर्थ बुझ्ने सक्ने व्यक्ति पनि हुँ । मेरा लागि स्ववियु कुनै राजनीतिक लालसाको सिँढी मात्र होइन यो शिक्षा क्षेत्रलाई समृद्ध बनाउने संगै समाज लाई बुझ्न सक्ने अवसर पनि हो , त्यति मात्र होईन स्ववियु आफ्नो क्याम्पसका लागि हितकारी नेतृत्व तथा राष्ट्रको लागि सबल व्यक्तिलाई प्रोत्साहन गर्ने एक सुनौलो अवसर पनि हो ।
त्यसैले तपाई के एक सचेत विद्यार्थीका रूपमा आफ्नो मत सही ठाउँमा प्रयोग गर्न तयार हुनुहुन्छ ? के तपाईंले शिक्षालाई केवल पढाइको रूपमा होइन, भविष्य निर्माणको साधनका रूपमा समेत बुझ्नु सक्नु हुन्छ ? के तपाईं आफ्नो अधिकार तथा उत्तरदायित्व सही ढङ्गले निर्वाह गर्न चाहानु हुन्छ ? हामी विद्यार्थी केवल दर्शक बन्ने कि परिवर्तनका संवाहक ?
अब निर्णय गर्ने समय हजुरको माज आएको छ । त्यसैले म एक इमानदारी योग्य, कर्मठ र शिक्षालाई पहिलो प्राथमिकता दिने उम्मेदवारको रुपमा आउदै छु समर्थन गर्न हजुर तयार हो ? तपाई तयार हुनुस म हजुरका मतलाई केवल एक सीमित कालखण्डको प्रतिनिधित्व गर्न होइन, शिक्षाको स्थायी स्तरोन्नतिका लागि प्रयोग गर्नेछु ।
धन्यवाद 🙏

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान