
राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न
तुलसीपुर २० फागुन ।
राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न भएकाे छ । नेपाल भारत विकास सहयाेग अन्तर्गत भारतिय सरकारकाे २ कराेड आर्थिक सहयाेगमा शल्यकृया भवन निर्माण गर्न थालिएकाे हाे । कार्यक्रममा भारतिय दुतावासका प्रतिनिधि प्रथम सचिव वसिस्ट नन्दनले शिक्षा स्वास्थ्य जस्ता विकास निर्माणका कार्यमा भारत सरकारले विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।
त्यस्तै राप्ती आखा अस्पतालका अध्यक्ष कृष्ण कुमार गिरिले विगतदेखि नै भारत सरकारको सहयोगको फलस्वरूप नेपालभर हजारौं मानिसहरूले निःशुल्क आँखा उपचार सेवा प्राप्त गर्न पाएको बताउनुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कृष्ण गिरीकै सक्रियतामाअत्याधुनिक शल्यक्रिया भवन निर्माणका लागि कार्यपालिकाबाटै भवन निर्माणका लागि माग गरेपछि सुनिश्चित ५ करोड बजेट सुनिश्चित भएको बताउनुभयो
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस तुलसीपुरका सभापति सुरेश हमाल बबइ गाउपालिकाका अध्यक्ष कुल बहादुर खत्री , शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमाेद वस्नेत , नेकपा एमालेका नगर कमिटि अध्यक्ष रूप वहादुर खत्री लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।
नेत्रज्याेति संघका उपसभापति रेशम बहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरूभएकाे कार्यक्रमकाे सहजिकरण प्रमुख प्रशाशक डा समसेर थापाले गर्नुभयकाे थियाे । …
