भारतिय सरकारकाे २ कराेड आर्थिक सहयाेगमा शल्यकृया भवन निर्माण गर्न थालिएकाे हाे ।

राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न
तुलसीपुर २० फागुन ।

राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न भएकाे छ । नेपाल भारत विकास सहयाेग अन्तर्गत भारतिय सरकारकाे २ कराेड आर्थिक सहयाेगमा शल्यकृया भवन निर्माण गर्न थालिएकाे हाे । कार्यक्रममा भारतिय दुतावासका प्रतिनिधि प्रथम सचिव वसिस्ट नन्दनले शिक्षा स्वास्थ्य जस्ता विकास निर्माणका कार्यमा भारत सरकारले विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

त्यस्तै राप्ती आखा अस्पतालका अध्यक्ष कृष्ण कुमार गिरिले विगतदेखि नै भारत सरकारको सहयोगको फलस्वरूप नेपालभर हजारौं मानिसहरूले निःशुल्क आँखा उपचार सेवा प्राप्त गर्न पाएको बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कृष्ण गिरीकै सक्रियतामाअत्याधुनिक शल्यक्रिया भवन निर्माणका लागि कार्यपालिकाबाटै भवन निर्माणका लागि माग गरेपछि सुनिश्चित ५ करोड बजेट सुनिश्चित भएको बताउनुभयो

त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस तुलसीपुरका सभापति सुरेश हमाल बबइ गाउपालिकाका अध्यक्ष कुल बहादुर खत्री , शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमाेद वस्नेत , नेकपा एमालेका नगर कमिटि अध्यक्ष रूप वहादुर खत्री लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

नेत्रज्याेति संघका उपसभापति रेशम बहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरूभएकाे कार्यक्रमकाे सहजिकरण प्रमुख प्रशाशक डा समसेर थापाले गर्नुभयकाे थियाे । …

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान