दाङको दंगिशरण गाउँपालिका तथा बबई गाउँपालिका हापुरेमा कपडा बैंक स्थापित….

प्रकाश के.सी

दंगिशरण, २१ फागुन ।

दाङको दंगिशरण गाउँपालिकामा तथा बबई गाउँपालिका हापुरेमा आज बुधबारका दिन कपडा बैंक स्थापना गरिएको हाे । प्रयाेगमा नआएको प्रयाेगजन्य सामाग्री पुन प्रशाेधन गरेर आबश्यक पर्नेहरूलाई नि-शुल्क वितरण कार्यक्रम आज उक्त २ वटा गाउँपालिकामा गरिएको हाे ।

महानायक राजेश हमालकाे संरक्षकत्वमा यस पुन्य कार्यक्रम सञ्चालन गरिएको हो । यसले अहिले देशका १६४ पालिकामा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।

नेपाल क्लोथ फुड बैंकका केन्द्रीय अध्यक्ष कमल जिसिकाे अध्यक्षतामा तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गरिकाे प्रमुख आथित्यतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा बाेल्दै कमल जिसिले , कपडा पुरानो भईसकेपछि पुन प्रयाेग गर्ने अभियान हाे । हुनेले नहुनेलाई दिने याे अभियान , यस गाउँपालिकाका कुनै त्यस्ता गरिबी मुनिरेखाका जनतालाई यसले ठुलो भुमिका निर्वाह गर्ने बिषयमा यसका बारेमा आफ्ना बिचार राख्नुभएको हाे ।

मानव सेवा नै माधव सेवा हाे । धेरै कपडा भएका ब्यक्तिले यश बैंकमा राखि तथा नहुने ब्यक्तिहरूलाइ वितरण गर्ने अभियान अत्यन्तै सहारनिय छ । दंगिशरणका अध्यक्ष शम्भु गिरीले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथि उपाध्यक्ष पिमा कुमारी खड्का रहनुभएकाे थियाे । उहाले यस अभियानले सबैलाई समान दृष्टिकोणले हेर्ने छ भन्ने बिषयमा बाेल्नु भएको हाे त्यस्तै साेहि पालिकाका प्रशासनिक अधिकृत कर्ण बहादुर नेपालीले गाउँपालिका बिपन्न बर्गका मानिसहरूका लागि यसले ठुलो भूमिका खेल्ने , यस अभियान कार्यक्रमले गाउँ समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने कुरालाइ जाेड दिनुभयाे । त्यसैगरी प्रेस सेन्टर दाङ जिल्लाका सचिव तथा लुम्बिनी प्रदेशका पूर्व अर्थ मन्त्री धन बहादुर मस्निका प्रेस अल्लाहकार दीपक बोहोराले यस संस्थाले धनी व्यक्तिहरुले कम समय मात्र लगाए फियाल्ने कपडालाई सेनिटाइज गरी रोगको जोखिम पनि नहुने व्यवस्था भएकाले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो।

त्यस्तै गरी बबई गाउँपालिकामा क्लोथ एण्ड फुड नेपालका केन्द्रीय अध्यक्ष कमल जिसि रहनु भएको थियो भने प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री त्यस्तै बिशिस्ट अतिथि उपाध्यक्ष बम कुमारि खड्का र बबइ गाउँपालिका प्रशासनिक अधिकृत चेत नारायण कडेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

बबई गाउँपालिका हापुरेमा लगायत देशका १६४ पालिकामा सञ्चालन यस कार्यक्रमा बोल्दै अध्यक्ष कमल जिसीले आफूसँग उपयोगी नभएका कपडा गरीब दुःखी हरुलाई जाडोमा तातो कपडा दिन सक्यो भने चार धाम जानै नपर्ने बताउनुभयो ।भने प्रमुख अतिथिले यस निःशुल्क कपडा वितरण अभियानले मानव सेवालाई धेरै सहयोग गर्नका लागि यस अभियान गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै विशिष्ट अतिथिले यस कार्यक्रमले आर्थिक स्थिति कमजोर भएका मानिसहरूलाई जीवन यापन तथा जीवन सहजीकरण गर्न यस कार्यक्रमको उच्च आवश्यकता झल्काउनु भएको थियो ।

दुवै स्थानको कार्यक्रममा अध्यक्ष कमल जिसिको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण पत्रकार सागर सुवेदीले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान