दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

तुलसीपुर १, फागुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको दाङ ट्राफिक प्रमुख शाहीले बताउनुभयो ।

उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने ३ जना राखेर मोटरसाइकल चलाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने काजगपत्र साथमा नबोकी सवारी चलाउने कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा मोटरसाइकल कार अटो रहेको उहाँले बताउनुभयो । होलीको समयमा दाङ जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने १२२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने १९ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत