लुम्बिनीमा YCL बैठक सम्पन्न, तेस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र

दाङ १० चैत। काठमाण्डौमा जेठ १७-१९ गते हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक देउखुरीमा सम्पन्न भएको छ। बैठकमा पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदा संगठन इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ विशेष उपस्थितिमा रहेका थिए।

बैठकले संगठन सुदृढीकरणका लागि सदस्यता नवीकरण, इकाई गठन, वडा, पालिका, जिल्ला हुँदै प्रदेशसम्मका सम्मेलनहरू गर्ने ठोस कार्ययोजना तय गरेको छ।

संगठन इन्चार्ज सापकोटाले राजावादी तत्वहरूले टाउको उठाउन खोजेमा वाईसीएलले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। त्यस्तै, संगठनका अध्यक्ष सुबोध राज सेर्पालिले कार्ययोजना कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्। बैठकमा पार्टी नेता खनालले युवाहरुलाई प्रशिक्षित गर्दै संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रचारप्रसार विभाग प्रमुख नवराज ऐरले जानकारी दिनुभयो।

उक्त बैठक उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन ! सुशासन, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पन्न भएको हो।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत