राप्ती इञ्जिनियरिङ कलेजले वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ प्राप्त गर्यो

दाङ १०। चैत फेयर एक्स्प्रेस नेपालको आयोजनामा २०८१ साल चैत्र ७ गते काठमाण्डौँमा सम्पन्न फेयर एक्स्प्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०८१ कार्यक्रममा राप्ती इञ्जिनियरिङ कलेजलाई वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ प्रदान गरिएको छ।

उक्त कार्यक्रममा अन्य विधाहरूमा शंकरदेव क्याम्पस (वेष्ट म्यानेजमेन्ट कलेज), काठमाडौं वर्नहार्ट कलेज (वेष्ट आइटी कलेज), र सिआइएसटी कलेज (वेष्ट हेल्थ साइन्स कलेज) उत्कृष्ट घोषित भएका छन्।

त्यसैगरी, शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याएका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा

सम्मान प्राप्त गर्नेमा डा. लवदेव अवस्थी (पूर्व अध्यक्ष, भाषा आयोग)
इ.डा. मिथिलेस कुमार झा (शिक्षासेवी)
राजेन्द्र बराल (पूर्व अध्यक्ष, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल)
डा. देवकान्त जोशी (शिक्षाकर्मी)
प्रकाश सिलवाल (पूर्व अध्यक्ष, शिक्षा पत्रकार समाज)
उर्मिला श्रेष्ठ (उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श) रहेका छन।

कार्यक्रममा नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने घोषणा गरिएकाे थियाे । उक्त घोषणामा पूर्व राष्ट्रपति डा. रामवरण यादव, संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समर्थन जनाउनुभएको थियो।
कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अहिलेका नेपालका बालबालिकाहरूले दुनियाको विषयमा धेरै बुझेको तर देशको बारेमा कम बुझेको देखिन्छ देशको राजनीतिक इतिहासको विषयमा धेरै बालबालिकाले दुई पेज लेख्न नसक्ने अवस्था छ। यसको दोष बालबालिकालाई मात्र होइन राज्यलाई पनि दिनुपर्छ अबको समयमा राज्यले विद्यालय शिक्षामा रहेको सामाजिक विषयमा भूगोल इतिहास राजनीति इतिहासका विषय राखिएन भने रोबोट बनेर मात्र हुँदैन देश नबुझ्ने व्यक्ति उत्पादन गरेर देश कसरी बढाउन सकिन्छ उहाँले बताउनुभयो ।

त्यसैगरी आयोजक संस्था फेयर एक्सप्रेस नेपालका अध्यक्ष राजेन्द्र लुइटेलले प्रक्रियामा आएका शैक्षिक संस्थाहरू मध्यबाट उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको बताउनुभयो।

कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले बेस्ट इन्जिनियरिङ म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ लिनको लागि कलेजको तर्फबाट प्रतिनिधित्व गरी अवार्ड ग्रहण गर्नुभएको हो।

राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशकै अग्रणी प्राविधिक शिक्षालय हो। कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत बिई सिभिल इञ्जिनियरिङ र बिसिए कार्यक्रमहरूमा गोल्ड मेडल प्राप्त गरेको छ।

कलेजबाट ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरू सरकारी तथा निजी संघसंस्थामा रोजगार पाउन सफल भएका छन्।

आइएसओ ९००१:२०१५ प्रमाणित यो कलेजले इञ्जिनियरिङ, आईटी, र म्यानेजमेन्ट शिक्षा प्रदान गर्दै आएको छ। कलेजमा बिई सिभिल, बिई कम्प्युटर, बिसिए, बिविए लगायतका कार्यक्रमहरू सञ्चालनमा छन्। साथै, सिटिइभिटि अन्तर्गत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि-डिप्लोमा इन सिभिल, सर्भे, र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रमहरू पनि उपलब्ध छन्।

राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट प्राविधिक शिक्षालयको रूपमा स्थापित हुँदै गएको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।