दाङ जिल्लामा उच्च शिक्षा अध्ययनको अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।


घाेराही चैत, १८ ।
राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले घोराही क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न शैक्षिक संस्थामा कार्यरत रहेका र लामो समयसम्म शिक्षाको क्षेत्रमा योगदान पु¥याउनु भएका शैक्षिक व्यक्तित्वहरु बीच दाङ जिल्लामा उच्च शिक्षा अध्ययनको अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका सभाध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले दाङ जिल्लाका विद्यार्थीहरु उच्च शिक्षा शिक्षा अध्ययनको लागि जिल्ला बाहिर जानु पर्ने समस्या हटाउनको लागि हामी सबै जना एक जुट भएर लाग्नु पर्ने बताउनु भएको थियो । हाल दाङ जिल्लामा उच्च शिक्षाको लागि विभिन्न शैक्षिक संस्थाहरु स्थापना भए पनि विद्यार्थीहरुको संख्या घट्दै जानुमा हामी सबै जिम्मेवार रहेकोले यसको समाधानको लागि पनि सबै जना लाग्नु पर्नेमा जोड दिदै कार्यको लागि राप्ती इञ्जिनियरिङ कलेज नेतृत्व लिन तयार रहेको बताउनु भएको थियो । डा. गिरीले दक्ष जनशक्तिको पहिचान गरी देशलाई आवश्यक पर्ने विभिन्न किसिमका उद्योग, संघसंस्थाहरु मार्फत स्थानिय स्तरमा रहेका विभिन्न किसिमका स्रोत साधनको परिचानल रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका परीक्षा समिति सदस्य निम बहादुर डिसीले दाङ जिल्लामा उच्च शिक्षाका प्रबल सम्भावना रहेकोले सबैको सहयोग र सहकार्यमा नीति निर्माण रोजगारी मूलक शिक्षा प्रदान गरीे अभिभावक र विद्यार्थीहरुको मन जित्नु पर्ने बताउनु भएको थियो । डिसीले विभिन्न किसिमका वडा, नगरपालिका, उप—महानगरपालिका, प्रदेश, केन्द्र, विश्वविद्यालय तथा अन्य निकायहरुको समन्वय तथा साझेदारीमा आत्मनिर्भर गर्न सक्ने किसिमको शिक्षाको सृर्जना गर्न सके मात्र स्थानीय स्तरका विद्यार्थीहरुलाई रोक्न सकिने बताउनु भएको थियो ।


कार्यक्रममा शिक्षा विद् प्राध्यापक डा. धरणी शर्माले दाङमा सञ्चालन भएका विद्यालय तहका विद्यालय तथा उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थाहरुले शैक्षिक प्रयोजनका लागि जिल्लाबाट बाहिरिने विद्यार्थीको सख्यालाई रोक्नको लागि निजी विद्यालयको स्थापना र सञ्चालन गर्ने परम्परा बढ्दै गएको छ । दाङमा निजी विद्यालयको स्थापना भएपछि बढ्दै गएको शैक्षिक गुणस्तर बढेको बताउनु भयो । डा. शर्माले दाङ जिल्लामा मध्यम तथा निम्न आर्थिक अवस्था भएको विद्यार्थीहरुलाई राप्ती इञ्जिनियरिङ कलेजले विगत १७ वर्षदेखि इञ्जिनियरिङ शिक्षा प्रदान गरेको कलेजको प्रशंसा गर्नुभएको थियो ।


कार्यक्रममा गुरुकुल एकेडेमीका प्राचार्य डा. कृष्णराज डिसी, दाङ भ्याली कलेजका प्राचार्य विष्णु बन्जाडे, मा वि रजेनाका प्राचार्य उद्धव न्यौपाने, शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बस्नेत, दिपशिखाका प्राचार्य प्रदिप राजभण्डारी लगायतले बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा दाङ शैक्षिक हवको रुपमा विकास हुदै गएको इञ्जिनियरिङ, सुचना प्रविधि, स्वास्थ्य, कानुन, व्यवस्थापन लगायतका विषयमा उच्च शिक्षा अध्ययनका अवसरहरु रहेकोले विद्यार्थीलाई दाङ जिल्ला बाहिर अध्ययन गर्न जानु पर्ने अवस्था नरहेको बताएका थिए । शिक्षण प्रणाली व्यवहारिक तथा सिपमूलक शिक्षामा जोड दिंदै शिक्षालाई प्रविधिसँग जोड्दै समय सापेक्ष शिक्षा प्रदान गरीे अन्तर्राष्ट्रिय बजारको मागलाई समेत सम्बोधन गर्ने जनशक्ति उत्पादन गर्दै गर्नुपर्ने बताउनु भयो । साथै बोल्ने वक्ताहरुले हामी सबैले विद्यार्थी तथा अभिभावकहरुलाई दाङ जिल्लामै पनि उच्च शिक्षा हासिल गर्न सकिने जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो ।


राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख विमल सुवेदी, दिवाकर पौडेल, मनकामना बोर्डिङ स्कुलका प्राचार्य तथा घोराही नगर प्याव्सनका अध्यक्ष बालकृष्ण ओली लगायतको उपस्थिती रहेको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान