सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय कार्य जेब्रा क्रसिङ निर्माण ।।

प्रकाश केसी
तुलसीपुर १७ चैत ।

सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय कार्य जेब्रा क्रसिङ निर्माण सम्पन्न भएको छ । यीनि हुन् तुलसीपुर ७ का उपेन्द्र पौडेल जसले
कहिले तुलसीपुरमा रहेका सडक मानवहरूलाई कपडा नहुनेहरूका लागि कपडा बैंकको स्थापना गर्छन् । त कहिले सडक मानवहरूलाई टीका दक्षिणा प्रदान गर्छन् । यस्तै आज पनि उनले फेरि अर्को उदाहरणीय कार्य गरेका छन्।

पौडेलकै नेतृत्वमा स्थानीय बासिन्दा र स्थानीय सरकारको समन्वयमा आज तुलसीपुर ७ पर्सिनीमा तीन वटा पर्सिनीदेखि माथि बम्नै सम्म आठ वटा गरी जम्मा ११ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
सरकारले जेब्रा क्रसिङ निर्माणमा कुनै ध्यान नदिएपछि पर्सेनी क्षेत्रमा अत्यधिक दुर्घटनाका घट्ने गरेकोले बाँचौँ र बचाउ अभियानलाई आत्मसाथ गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको पौडेलले बताएका छन् ।

त्यस्तै तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले स्थानीय सरकारको मात्रै भर पर्नुभन्दा जनता नै सक्रिय भएमा विकास छिटै हुने बताए उनले यस्ता उदाहरणीय कार्यलाई पूर्णरूपमा समर्थन गर्ने बताए ।

त्यस्तै प्रहरी शाहायक निरीक्षक डिल्लीबहादुर डाँगीले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीचालकलेनै ध्यान पूर्वक ट्राफिक नियमहरूको पालना गर्नुपर्ने अनुरोध गरेका थिए ।

त्यस्तै पर्सेनीका स्थानीयहरूले निदाएको सरकारलाई बिउँझाउने काम उपेन्द्रले गरेको बताएका छन्। यस्ता खालका कार्यक्रमहरूलाई स्थानीय स्तरबाटै प्राथमिकता दिने बताएका छन् ।

निर्माण कार्यमा प्रेम खनाल, जोगेन्द्र विश्वकर्मा ,जगत थापा, हरि कँडेल ,मिना चौधरी, , सरिता पौडेल लगायत स्थानीयहरूले समर्थन जनाएका थिए।

यस्ता समाजसेवामूलक थुप्रै कार्यक्रमहरू पौडेलले विगत लामो समयदेखि सक्रिय रूपमा गर्दै आएका छन् ।र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान