सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय कार्य जेब्रा क्रसिङ निर्माण ।।

प्रकाश केसी
तुलसीपुर १७ चैत ।

सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय कार्य जेब्रा क्रसिङ निर्माण सम्पन्न भएको छ । यीनि हुन् तुलसीपुर ७ का उपेन्द्र पौडेल जसले
कहिले तुलसीपुरमा रहेका सडक मानवहरूलाई कपडा नहुनेहरूका लागि कपडा बैंकको स्थापना गर्छन् । त कहिले सडक मानवहरूलाई टीका दक्षिणा प्रदान गर्छन् । यस्तै आज पनि उनले फेरि अर्को उदाहरणीय कार्य गरेका छन्।

पौडेलकै नेतृत्वमा स्थानीय बासिन्दा र स्थानीय सरकारको समन्वयमा आज तुलसीपुर ७ पर्सिनीमा तीन वटा पर्सिनीदेखि माथि बम्नै सम्म आठ वटा गरी जम्मा ११ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
सरकारले जेब्रा क्रसिङ निर्माणमा कुनै ध्यान नदिएपछि पर्सेनी क्षेत्रमा अत्यधिक दुर्घटनाका घट्ने गरेकोले बाँचौँ र बचाउ अभियानलाई आत्मसाथ गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको पौडेलले बताएका छन् ।

त्यस्तै तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले स्थानीय सरकारको मात्रै भर पर्नुभन्दा जनता नै सक्रिय भएमा विकास छिटै हुने बताए उनले यस्ता उदाहरणीय कार्यलाई पूर्णरूपमा समर्थन गर्ने बताए ।

त्यस्तै प्रहरी शाहायक निरीक्षक डिल्लीबहादुर डाँगीले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीचालकलेनै ध्यान पूर्वक ट्राफिक नियमहरूको पालना गर्नुपर्ने अनुरोध गरेका थिए ।

त्यस्तै पर्सेनीका स्थानीयहरूले निदाएको सरकारलाई बिउँझाउने काम उपेन्द्रले गरेको बताएका छन्। यस्ता खालका कार्यक्रमहरूलाई स्थानीय स्तरबाटै प्राथमिकता दिने बताएका छन् ।

निर्माण कार्यमा प्रेम खनाल, जोगेन्द्र विश्वकर्मा ,जगत थापा, हरि कँडेल ,मिना चौधरी, , सरिता पौडेल लगायत स्थानीयहरूले समर्थन जनाएका थिए।

यस्ता समाजसेवामूलक थुप्रै कार्यक्रमहरू पौडेलले विगत लामो समयदेखि सक्रिय रूपमा गर्दै आएका छन् ।र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    दाङ ८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भएको छ। बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकबाट टुंगो लगाउने तयारी गरेको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।