तेलको नयाँ भाउ! नेपाल आयल निगमले घटायो मूल्य, कति पुग्यो डिजेल-मट्टीतेल ?

काठमाण्डौ, १९ चैत
नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँले तथा हवाई इन्धनको मूल्य आन्तरिकतर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

मूल्य समायोजनपछि अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य लिटरको १४६ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १४८ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायलमा १४९ रुपैयाँ तोकिएको छ।

हवाई इन्धनको नयाँ मूल्यअनुसार आन्तरिक उडानका लागि प्रतिलिटर १२५ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर मूल्य काठमाण्डौमा ९५२ अमेरिकी डलर, पोखरामा ७८२ अमेरिकी डलर, र भैरहवामा ७६७ अमेरिकी डलर निर्धारण गरिएको छ।

निगमले इन्धनको मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार मूल्य, भन्सार शुल्क, ढुवानी खर्च तथा अन्य प्रावधानलाई ध्यानमा राखेर निर्णय गर्ने गरेको छ। हालको मूल्य कटौतीले उपभोक्तालाई केही राहत मिल्ने विश्वास निगमले व्यक्त गरेको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान