राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा प्रभातफेरी सम्पन्न

घाेराही, १९ बैशाख ।
कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा मिति २०८२ साल वैशाख १९ गते राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा कर्मचारी मिलन केन्द्र, शहिदगेद, बैङरोड, दमोदर चोक, तुलसीपुर चोक र नेपाल पत्रकार महासंघसम्म प्रभातफेरी सम्पन्न सम्पन्न भएको छ ।

कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाका अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षता तथा घोराही उप—महानगरपालिका उप—प्रमुख हुमा डिसीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । प्रभातफेरी कार्यक्तममा राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङ, महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ, एस्कल कम्प्युटर घोराही दाङ, एपेक्स कम्प्युटर घोराही दाङको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उप—महानगरपालिका उप—प्रमुख हुमा डिसीले डिजिटल प्रविधिको माध्यमबाट नेपालको सुचना प्रविधिको सुचनाको क्षेत्रमा उल्लेखनिय विकास तथा विस्तार गर्नका लागि नेपाल सरकारले लगानी बढाउनु पर्ने बताउनु भएको थियो । सरकारले अगाडी सारेको डिजिटल नेपाल फ्रेमवर्कका मुख्य कुराहरुलाई डिजिटल प्रविधिको माध्यमबाट समावेशी आर्थिक वृद्धि, सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने, विकास लगायतको क्षेधमा डिजिटल रुपान्तरण गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

उक्त प्रभातफेरी कार्यक्रमलाई क्यान महासंघका केन्द्रिय उपाध्यक्ष रेशम गिरी, क्यान महासंघका पूर्व केन्द्रिय सदस्य डा. भीमसेन गिरी, महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका क्याम्पस प्रमुख डा. नारायण पन्थी लगायतले बोल्नुभएको थियो ।

क्यान महासंघ लुम्बिनी प्रदेशका सह—सचिव कर्ण बहादुर पुन मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) दाङका जिल्ला सचिव धनेश्वर चौधरीले गर्नुभएको थियो । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को सप्ताह अर्न्तगत मिति २०८२ साल वैशाख १६ गते तेरौते स्थित बृद्धाश्रममा फलफूल वितरण, वैशाख १७ गते राप्ती इञ्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम, वैशाख १८ गते मेचीकाली आवासिय स्कुलमा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता, वैशाख १९ गते घोराहीमा प्रभातफेरी कार्यक्रम गरी समापन गरिएको क्यान महासंघ दाङका सचिव धनेश्वर चौधरीले बताउनु भयो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान