कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी सहभागी मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्धित ।।

काठमाण्डाैं २१, वैशाख ।

कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

यसअघि वैशाख ११ गते सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण रोकिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार तयारी पूरा भइसकेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।

देशभर १,५९१ परीक्षा केन्द्र तोकिएको छ, जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै १६२ छन् भने मनाङ-मुस्ताङमा एक/एक छन्। पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन्। काठमाडौँबाट सबैभन्दा धेरै ६८,१३३ जना र मनाङबाट ४५ जना सहभागी छन्।

परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक, २ हजार कर्मचारी, २० हजार सुरक्षाकर्मी खटाइएको छ। अपाङ्गता भएका, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ।

कसैलाई पनि अनुमतिबिना परीक्षा केन्द्रमा प्रवेश निषेध गरिएको छ। परीक्षा मर्यादा उल्लंघन गर्ने शिक्षक, कर्मचारी वा विद्यार्थीलाई कारबाही गरिनेछ। मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्ध गरिएको छ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरणको परीक्षा हुँदैछ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत