
काठमाडौं, २३ बैशाख ।
नेपाली बजारमा आज सुनको मूल्यमा एकैदिन ठूलो उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।
हिजो मात्रै सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। एकैपटक यति ठूलो वृद्धि हालसम्म कमैपटक मात्रै देखिएको हो।
सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य १ हजार ९ सय १० रुपैयाँ थियो।