दाङको अमेलियामा ट्याक्टर दुर्घटना, चालक गम्भीर घाइते ।

तुलसीपुर, २६ बैशाख।

दाङ जिल्लाको लमही नगरपालिका–९ स्थित अमेलियामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेका व्यक्ति बर्दिया जिल्ला, गुलरिया नगरपालिका–२ खैरापुर निवासी अन्दाजी २६–२७ वर्षका रुपेश यादव रहेको इलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, रा १ त २६८३ नम्बरको ट्याक्टर तुलसीपुरबाट बर्दियातर्फ जाँदै गर्दा दिउँसो साढे ३ बजे अमेलिया चोकदेखि ५ किलोमिटर उत्तरतर्फ राप्ती राजमार्गअन्तर्गतको सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि तत्काल बाँकेको नर्सिङ होम लगिएको छ। उनको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ।
प्रहरीका अनुसार सो ट्याक्टरमा चालकबाहेक अन्य कोही सवार थिएनन्।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत