
तुलसीपुर, २७ बैशाख ।
दाङको तुलसीपुरमा पानीको ड्याममा डुबेर एक किशोरको ज्यान गएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमका १६ वर्षीय भुपेन्द्र बिक रहेका छन्। हाल उनी तुलसीपुर–१७ स्थित झिंगैमा बसोबास गर्ने साथीको घरमा आएका थिए।
भुपेन्द्र हिजो मात्रै दाङ आएका थिए र आज बिहान खाना खाइसकेपछि अन्य तीन साथीहरूसँग नुहाउनका लागि तुलसीपुर–१८ मा रहेको सिचाइको ड्याममा गएका थिए। दिउँसो करिब १ बजे उनी डुबेर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य रानाका अनुसार खोजतलासको क्रममा केही समयअघि उनको शव फेला परेको हो।