टरिगाउँ विमानस्थलमा ३ अर्ब ४२ करोडको बजेट प्रस्ताव ।

तुलसीपुर, ३० वैशाख ।
दाङको टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न प्रतिनिधिसभा सदस्य दीपक गिरीले आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ४२ करोड रुपैयाँ माग गरेका छन्। संसदमा बोल्दै गिरीले हरेक वर्ष नीति तथा कार्यक्रममा एयरपोर्टको कुरा उठे पनि बजेटमा उपेक्षा हुने परिपाटी अन्त्य हुनुपर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संसदमा टरिगाउँ एयरपोर्ट र घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको घोषणा गरेपछि सांसद गिरी उत्साहित देखिए। विमानस्थलको धावनमार्ग छोटो भएकाले ठूला जहाज अवतरण गर्न नसक्दा हवाई सेवा अनियमित हुने गरेको छ। हाल साढे ७ सय मिटर मात्रै कालोपत्रे भएको धावनमार्ग १९ सय मिटर पुर्‍याउनुपर्ने आवश्यकता रहेको छ।

स्थानिय सरकार, जनप्रतिनिधि र व्यवसायिक संघसंस्थाको निरन्तर पहलपछि एयरपोर्टमा इन्धन डिपो, टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण भइसकेका छन्। अब केन्द्र सरकारको ठोस बजेटीय सहयोगले मात्र यस क्षेत्रको हवाई सेवा व्यवस्थित र भरपर्दो बन्ने जनप्रतिनिधिहरूको भनाइ छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…