लायन्स क्लव अफ तुरसीपुर इशानकाे अध्यक्षमा रेग्मी

लायन्स क्लव अफ तुलसीपुर ईशानको अध्यक्षमा रेग्मी
दाङ, २६ साउन ।
लायन्स क्लव अफ तुलसीपुर ईशानको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । इशानले तुलसीपुर- ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुरमा शनिबार पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरेको हो ।

क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष ऋषी भण्डारीले वर्ष २०२४/२०२५ का अध्यक्ष रमेश रेग्मीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

वर्ष २०२४/२०२५ का पदाधिकारीलाई लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रीट गर्भनर पिएमजेएफ बिनोद कुमार श्रेष्ठले अध्यक्ष रेग्मीसहित प्रथम उपाध्यक्ष सुनिल खनाल, द्वितीय उपाध्यक्ष दिपक केसी, सह उपाध्यक्ष केशवराज न्यौपाने, सचिव बिक्रम केसी, कोषाध्यक्ष लक्ष्मण खरेल लगायतका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले क्लबले समाजका विविध विधामा रहेर सामाजिक क्रियाकलाप गरिरहेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, महामारी, बढी पहिरो लगायत असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले सामाजिक काममा सबैको सहकार्य आवश्यक रहेको र यसमा क्लबले विभिन्न सामाजिक कार्यमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

उहाँले पिछडिएका वर्ग तथा असक्तहरुको सहयोगमा क्बले निरन्तर काम गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंहले लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रीट गर्भनर एमजेएफ मुकुट ढकाल, लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका ज्ञानेन्द्र कुमार श्रेष्ठ, टिकाराम चपाई लगायतले मन्तव्य राख्नुभएको हो ।

क्लबले विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । क्लबले आँखा उपचारमा महत्वपूणर् योगदान गरेको भन्दै राप्ति आँखा अस्पताल, सडक आश्रित मानवको उद्धार र संरक्षणमा योगदान गरेको भन्दै मानव सेवा आश्रम, सर्पको उद्धार तथा संरक्षणमा महत्वपूणर् योगदान गरेको भन्दै सर्प उद्धारकर्ता प्रभात भण्डारी, विभिन्न सामाजिक कार्यमा सहयोग गरेको भन्दै कमल घर्ती लगायतलाई सम्मान गरेको हो । यस्तै उत्कृष्ठ कार्य गर्ने केशबराज न्यौपाने लायन्स अफ द ईशानद्वारा सम्मानित हुनुभएको छ ।

त्यस अवसरमा वर्ष २०२४/२०२५ का अध्यक्ष रमेश रेग्मीले आफ्नो कार्यकालमा गरिने कामका ८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नुएको छ । उहाँले विकट तथा पहुँच नपुगेका क्षेत्रमा स्वास्थ्य शिविर, लागूपदार्थ दुव्र्यसन न्यूनिकरण सम्बन्धि सचेतना , मानव सेवा आश्रम , वृद्धाश्रम र अनाथलय, असहाय विपन्न वर्गको क्षेत्रमा, बालबालिका, वातावरण संरक्षण, वृक्षारोपन लगायतका कार्यहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै अध्यक्ष रेग्मीले कुनै पनि विपदको बेला आपतकालिन अवस्थामा पनि सहयोग गर्ने, असहाय, अपांगता भएकाहरुका क्षेत्रमा कार्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । क्लबका प्रथम उपाध्यक्ष सुनिल कुमार खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दिपक केसी र बिक्रमबावु केसीले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…