राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका मा सामान्य जरो कारण दुई जनाको मृत्यु ।

सागर रोका
देउखुरी दाङ , २४ साउन ।

गाउपालिका वडा नम्बर -७ स्थित जेलबाङ खोला नाका मा सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ । १५ वर्षको कृष्णा बुदा लाई उपचारको लागी नजिकैको ईन्डियाको सिरसिया बजारको हस्पिटल लगिएको थियोे भने उपचार गरेर घरमा ल्याएको केहि दिनमा उनको मृत्यु भएको थियोे ।भने त्यस्तै गरेर सोही गाउँको दिलसा बुदा लाई जरो आउने र टाउको दुख्ने लक्षण देखा परेपछि नजिकै रहेको स्वास्थ्य चौकी लगिएको थियोे । भने उनको त्यस स्वस्थ्य चौकी बाट स्वास्थमा केहि परिवर्तन नआउदा दिलसा बुदालाई उपचारको लागी ईन्डियाको बाटो हुँदै नेपालगन्जको नर्सिङहोम हस्पिटलमा लगिएको राजपुर गाउँपालिका वडा नम्बर ७ का कार्यपालिका सदस्य सन्देश बि.कले जानकारी दिएका थिए । त्यस्तै गरेर दिलसाको नर्सिङहोम हस्पिटलमा उपचारको क्रममा दिलसा बुदा को नेपालगन्जको नर्सिङहोम हस्पिटल मा मृत्यु भएको थियोे ।

नाका क्षेत्रमा अत्याधिक गर्मी र लगातार परेको अविरल वर्षाको झरीले गर्दा बिरामीको सङ्ख्याको चाप बदेपछि राजपुर गाउँपालिका बाट स्वस्थ्यकर्मी कमल रोका सहित पाँच ५ जनाको टोलि परिक्षणको लागी आज नाका पठाएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिनु भएको छ । प्राय जसो नाका क्षेत्रमा खोलामा बगेको पानी पिउने र पदूषण भएको पानी पिउने र जंगली मछेरको टोकाइको कारण मलेरिया भएर बिरामी भएको हुन सक्ने स्थानीय बासी पुर्ण रोकाको भनाइ रहेको छ ।

आफ्नै घरमा काम गर्दै गरेको बेलामा एकासी जरो आउने र टाउको दुख्ने समस्या आएपछि बिरामी कृष्णा बुदा लाई नजिकैको ईन्डियाको बजार सिरसिया हस्पिटल लगिएको थियोे । भने उपचार गरेर घरमा ल्याएको केही दिनमा बहिनीको मृत्यु भएको छ । त्यस्तै गरेर सोही घरपरिवारका बुहारी दिलसा बुदा पनि बिरामी परेका थिए । भने उनको उपचारको लागी ईन्डियाको बाटो हुँदैन नेपालगन्जको नर्सिङ होम हस्पिटल लगिएको थियोे । भने उनको उपचारको क्रममा मृत्यु भएको राजपुर गाउँपालिका का कार्यपालिका सदस्य संदेश बि.कले बताउनु भएको थियोे ।

त्यस्तै गरेर मृत्यु हुने मा एउटै घरपरिवारका नन्द भाउजु रहेको खुल्न आएको छ । भने त्यस्तै गरेर त्यस गाउँ मा मात्रै नभएर नजिकै रहेको सिमगजमरी गाउँमा समेत जरो आउने टाउको दुख्ने र खाना मन नलाग्ने लक्षणहरु देखा पर्ने र बिरामीको सङ्ख्या बदेको सिमगजमरी नाका बासिन्दा बालाराम गिरिले जानकारी दिनु भएको छ ।

राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो यातायात सेवा स्वास्थ्य सेवा सुबिधा नहुदा नाका बासीले अकालमै ज्यान गुमाउनु परेको छ ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।