राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका मा सामान्य जरो कारण दुई जनाको मृत्यु ।

सागर रोका
देउखुरी दाङ , २४ साउन ।

गाउपालिका वडा नम्बर -७ स्थित जेलबाङ खोला नाका मा सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ । १५ वर्षको कृष्णा बुदा लाई उपचारको लागी नजिकैको ईन्डियाको सिरसिया बजारको हस्पिटल लगिएको थियोे भने उपचार गरेर घरमा ल्याएको केहि दिनमा उनको मृत्यु भएको थियोे ।भने त्यस्तै गरेर सोही गाउँको दिलसा बुदा लाई जरो आउने र टाउको दुख्ने लक्षण देखा परेपछि नजिकै रहेको स्वास्थ्य चौकी लगिएको थियोे । भने उनको त्यस स्वस्थ्य चौकी बाट स्वास्थमा केहि परिवर्तन नआउदा दिलसा बुदालाई उपचारको लागी ईन्डियाको बाटो हुँदै नेपालगन्जको नर्सिङहोम हस्पिटलमा लगिएको राजपुर गाउँपालिका वडा नम्बर ७ का कार्यपालिका सदस्य सन्देश बि.कले जानकारी दिएका थिए । त्यस्तै गरेर दिलसाको नर्सिङहोम हस्पिटलमा उपचारको क्रममा दिलसा बुदा को नेपालगन्जको नर्सिङहोम हस्पिटल मा मृत्यु भएको थियोे ।

नाका क्षेत्रमा अत्याधिक गर्मी र लगातार परेको अविरल वर्षाको झरीले गर्दा बिरामीको सङ्ख्याको चाप बदेपछि राजपुर गाउँपालिका बाट स्वस्थ्यकर्मी कमल रोका सहित पाँच ५ जनाको टोलि परिक्षणको लागी आज नाका पठाएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिनु भएको छ । प्राय जसो नाका क्षेत्रमा खोलामा बगेको पानी पिउने र पदूषण भएको पानी पिउने र जंगली मछेरको टोकाइको कारण मलेरिया भएर बिरामी भएको हुन सक्ने स्थानीय बासी पुर्ण रोकाको भनाइ रहेको छ ।

आफ्नै घरमा काम गर्दै गरेको बेलामा एकासी जरो आउने र टाउको दुख्ने समस्या आएपछि बिरामी कृष्णा बुदा लाई नजिकैको ईन्डियाको बजार सिरसिया हस्पिटल लगिएको थियोे । भने उपचार गरेर घरमा ल्याएको केही दिनमा बहिनीको मृत्यु भएको छ । त्यस्तै गरेर सोही घरपरिवारका बुहारी दिलसा बुदा पनि बिरामी परेका थिए । भने उनको उपचारको लागी ईन्डियाको बाटो हुँदैन नेपालगन्जको नर्सिङ होम हस्पिटल लगिएको थियोे । भने उनको उपचारको क्रममा मृत्यु भएको राजपुर गाउँपालिका का कार्यपालिका सदस्य संदेश बि.कले बताउनु भएको थियोे ।

त्यस्तै गरेर मृत्यु हुने मा एउटै घरपरिवारका नन्द भाउजु रहेको खुल्न आएको छ । भने त्यस्तै गरेर त्यस गाउँ मा मात्रै नभएर नजिकै रहेको सिमगजमरी गाउँमा समेत जरो आउने टाउको दुख्ने र खाना मन नलाग्ने लक्षणहरु देखा पर्ने र बिरामीको सङ्ख्या बदेको सिमगजमरी नाका बासिन्दा बालाराम गिरिले जानकारी दिनु भएको छ ।

राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो यातायात सेवा स्वास्थ्य सेवा सुबिधा नहुदा नाका बासीले अकालमै ज्यान गुमाउनु परेको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान