लायन्स क्लव अफ तुरसीपुर इशानकाे अध्यक्षमा रेग्मी

लायन्स क्लव अफ तुलसीपुर ईशानको अध्यक्षमा रेग्मी
दाङ, २६ साउन ।
लायन्स क्लव अफ तुलसीपुर ईशानको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । इशानले तुलसीपुर- ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुरमा शनिबार पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरेको हो ।

क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष ऋषी भण्डारीले वर्ष २०२४/२०२५ का अध्यक्ष रमेश रेग्मीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

वर्ष २०२४/२०२५ का पदाधिकारीलाई लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रीट गर्भनर पिएमजेएफ बिनोद कुमार श्रेष्ठले अध्यक्ष रेग्मीसहित प्रथम उपाध्यक्ष सुनिल खनाल, द्वितीय उपाध्यक्ष दिपक केसी, सह उपाध्यक्ष केशवराज न्यौपाने, सचिव बिक्रम केसी, कोषाध्यक्ष लक्ष्मण खरेल लगायतका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले क्लबले समाजका विविध विधामा रहेर सामाजिक क्रियाकलाप गरिरहेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, महामारी, बढी पहिरो लगायत असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले सामाजिक काममा सबैको सहकार्य आवश्यक रहेको र यसमा क्लबले विभिन्न सामाजिक कार्यमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

उहाँले पिछडिएका वर्ग तथा असक्तहरुको सहयोगमा क्बले निरन्तर काम गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंहले लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रीट गर्भनर एमजेएफ मुकुट ढकाल, लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका ज्ञानेन्द्र कुमार श्रेष्ठ, टिकाराम चपाई लगायतले मन्तव्य राख्नुभएको हो ।

क्लबले विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । क्लबले आँखा उपचारमा महत्वपूणर् योगदान गरेको भन्दै राप्ति आँखा अस्पताल, सडक आश्रित मानवको उद्धार र संरक्षणमा योगदान गरेको भन्दै मानव सेवा आश्रम, सर्पको उद्धार तथा संरक्षणमा महत्वपूणर् योगदान गरेको भन्दै सर्प उद्धारकर्ता प्रभात भण्डारी, विभिन्न सामाजिक कार्यमा सहयोग गरेको भन्दै कमल घर्ती लगायतलाई सम्मान गरेको हो । यस्तै उत्कृष्ठ कार्य गर्ने केशबराज न्यौपाने लायन्स अफ द ईशानद्वारा सम्मानित हुनुभएको छ ।

त्यस अवसरमा वर्ष २०२४/२०२५ का अध्यक्ष रमेश रेग्मीले आफ्नो कार्यकालमा गरिने कामका ८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नुएको छ । उहाँले विकट तथा पहुँच नपुगेका क्षेत्रमा स्वास्थ्य शिविर, लागूपदार्थ दुव्र्यसन न्यूनिकरण सम्बन्धि सचेतना , मानव सेवा आश्रम , वृद्धाश्रम र अनाथलय, असहाय विपन्न वर्गको क्षेत्रमा, बालबालिका, वातावरण संरक्षण, वृक्षारोपन लगायतका कार्यहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै अध्यक्ष रेग्मीले कुनै पनि विपदको बेला आपतकालिन अवस्थामा पनि सहयोग गर्ने, असहाय, अपांगता भएकाहरुका क्षेत्रमा कार्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । क्लबका प्रथम उपाध्यक्ष सुनिल कुमार खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दिपक केसी र बिक्रमबावु केसीले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 32 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।