सप्ताहव्यापी विविध कार्यक्रम सहित २५ अाै अन्तराष्टिय युवा दिवस मनाइदै

सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

सागर सुबेदी / साउन २९ / तुलसीपुर
दाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।

तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ दाङ, रोटरी क्लब अफ तुलसीपुर सिटी र लायन्स क्लब अफ दाङ क्यापिटलले सहकार्य गर्दै २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ विभिन्न सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउन लागेका हुन ।

हरेक बर्ष अगस्ट १२ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस बर्ष पनि “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development” भन्ने नारा सहित विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउन लागिएको हो । हाम्रो देश नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवाहरु रहेकोमा सरोकारवाला निकायले युवाहरुलाइ स्वदेश मै केहि गर्न उत्प्रेरित गरोस र युवाहरु देश मै केहि गर्न उत्प्रेरित हुन् भन्ने मुल उद्देश्यका साथ यस्ता कार्यक्रमहरु आयोजना गरिएको तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीले बताउनुभयो ।
हिँजो साउन २८ अर्थात ब्गनगकत ज्ञद्द गते तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा आयोजना गरिएको लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध र मानव मुल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेसँगै सप्ताहव्यापी कार्यक्रमहरुको उद्घाटन गरिएको छ ।

यससँगै साउन ३० गते युवासंग उद्यमशिलताको बिषयमा अन्तरक्रिया कार्यक्रम , साउन ३१ गते युवा तथा शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम र साउन ३२ गते तुलसीपुर २ स्थित मा.वि बालापुरमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा जुत्ता मोजा वितरण कार्यक्रम गर्दै यस बर्षको २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
युवाहरुले सामाजिक क्षेत्रमा रहेर यस्ता कार्यक्रमहरु गर्दै गर्दा अन्य युवा साथीहरुमा पनि राष्ट्रप्रतिको सकारात्मक सोँच उत्पन्न गराइ देश विकासमा हातेमालो गर्ने आशा सहित आफु निरन्तर यस्ता सामाजिक क्षेत्रमा रहेर काम गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै लागु पदार्थ दुव्र्यसनी तथा साइबर अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको रुपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भरतनाथ योगीले कानुनी परामर्श दिनुभएको थियो भने मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण गर्दै प्रशिक्षक रबिन्द्र बस्नेतले युवाहरुलाइ सहि मार्गमा हिँड्न उत्प्रेरित गर्नुभएको थियो ।
लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध तथा मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख टिकाराम खड्काले ३० ३५ बर्ष पहिले नेपालले जापानलाइ प्रशस्त मात्रामा धान बिक्रि गर्ने गरेकोमा अहिले युवाहरुले काम गर्न चाँहि जाँगर नगर्ने तर बिदेशी जीवनशैलीको मोह बढ्दै गर्दा युवाहरु बिदेशिने लर्काे बढ्दै गरेको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न सामुुदायिक तथा संस्थागत बिद्यालय बाट गरी जम्मा ७५ जना बिद्यार्थीहरुलाइ अभिमुखिकरण गरिएको थियो ।

नगर स्तरिय युवा सन्जाल तथा तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारी (गणेश) को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर स्तरीय युवा सन्जाल कि सचिव प्रेरणा परियारले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत