आजकाे राशिफलमा तपाईंको दिन ।

मेष-काममा दृढता देखिनेछ। नयाँ योजना बन्नेछ। तर, परिवारमा अलिक दूरी महसुस हुन सक्छ। मन थोरै गम्भीर रहन सक्छ। बोलीमा मिठास राख्नुपर्छ।

वृष-धार्मिक भाव जाग्नेछ। जीवनप्रति गहिरो दृष्टिकोण बन्नेछ। अध्ययन वा ध्यानमा समय दिनु उपयुक्त। यात्रामा हतार नगर्नुहोस्।

मिथुन-मन थोरै अस्थिर तर गहिरो बन्नेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। आत्मविश्लेषण गर्ने राम्रो समय।

कर्कट-साझेदारी वा सम्बन्धमा स्पष्टता आवश्यक। कसैले बोलीमा चोट पुर्याउन सक्छ, तर तपाईंले धैर्य राखे राम्रो। आजको दिन सम्बन्ध सुधार्ने मौका पनि हो।

सिंह-कामप्रति निष्ठा र अनुशासन आवश्यक। मानसिक थकान हुन सक्छ, तर कार्यक्षेत्रमा राम्रो अवसर पनि आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।

कन्या-सन्तान वा प्रेम सम्बन्धी विषयले चित्त हराउला। सिर्जनात्मक काममा रुचि बढ्नेछ। भावनालाई स्थायित्व दिन आजको दिन उपयुक्त छ।

तुला-घरपरिवारमा कुरा बुझ्नुभन्दा मनको गहिरो अनुभूति बढी चल्नेछ। घरसम्बन्धी कुनै पुरानो विषय आज समाधान हुन सक्छ। आमासँगको सम्बन्ध बलियो बनाउने मौका मिल्नेछ ।

वृश्चिक-कुरा स्पष्ट भन्न सकिने दिन हो तर संयमता आवश्यक। लेखन, विचार, सञ्चार सबैमा सफल हुनुहुनेछ। तर क्रोध उठे मौन बस्नु बुद्धिमानी हुनेछ।

धनु-धन–सम्पत्तिमा स्थिरता आउन सक्छ। तर खर्चमा नियन्त्रण जरुरी। खानपान र परिवारमा सन्तुलन राख्दा दिन सहज बन्नेछ।

मकर-चन्द्रमा र शनि आफ्नै राशिमा हुँदा आत्मबल, गम्भीरता, र सोचाइ बलियो बन्नेछ। आज एक्लै बस्न मन लाग्नेछ। गहिरो योजना बनाउने राम्रो समय।

कुम्भ-अन्तर्मुखी प्रवृत्ति बढ्नेछ। पुराना कुरा सम्झेर मन बिथोलिन सक्छ। ध्यान वा सेवा कार्यमा मन लगाउनु श्रेयस्कर हुनेछ।

मीन-मित्र वा समुहबाट सहयोग मिल्ने दिन। सोचमा नयाँ चमक आउनेछ। तर आफूले उठाएको कुरामा आफैं अडिनुपर्छ। अनावश्यक भ्रम वा अपेक्षा नगर्नु उपयुक्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत