दाङ, ३१ असार ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा र पूर्वमा केही उत्तरतर्फ रहेकाले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।







