तुलसीपुर ३, साउन ।
तुलसीपुरस्थित पातुखोला पुलमा सरसफाइ तथा रङरोगन कार्यक्रम सम्पन्न गरिएको छ।
समाजसेवी उपेन्द्र पौडेलको नेतृत्व, समाजसेवी मेघराज केसीको सहकार्य र अभियन्ता शन्दिप गौतम, निमबहादुर डागी, राजु विश्वकर्मा, भूपबहादुर डागी, सुरेन्द्र रोकाय लगायत विभिन्न अभियन्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

स्वतःस्फूर्त रूपमा उपस्थित स्वतन्त्र युवाहरूले सरकारलाई सहयोग र चेतना दिलाउने, नेपाली समाजमा सेवाभावको ऊर्जा फैलाउने, र भाइचाराको सम्बन्ध मजबुत पार्ने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको अभियन्ताहरू बताउछन् ।











