बेलुवा, दाङमा ट्याक्टर दुर्घटना: चार जना घाइते

तुलसीपुर ५, साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–८ गतेखोला पुल नजिकै आज गय दिउँसो ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

दिउँसो ३:४५ बजे लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्याक्टर पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गर्दा अनियन्त्रित भई पल्टिएको थियो। सो क्रममा विपरीत दिशाबाट जाँदै गरेको रा.१.ह.७५०० नम्बरको अटोमा ट्याक्टरको ट्रली ठोक्किँदा अटोमा सवार यात्रुहरू घाइते भएका हुन्।

दुर्घटनामा अटो चालक तुलसीपुर–२ बालापुरका ३८ वर्षीय भीम बहादुर ठाडा मगर दुबै खुट्टामा सामान्य चोटसहित घाइते भएका छन्। त्यस्तै, भम्केकी १८ वर्षीया मनिषा योगीको टाउको, पेट र दायाँ खुट्टामा मध्यम प्रकारको भित्री चोट लागेको छ। उपचारको क्रममा उनीसँग उनकी दिदी गंगा योगी पनि संलग्न रहेकी छन्।

अर्की घाइते भम्केकी ३८ वर्षीया देवी शर्माको बाँया हात र दायाँ खुट्टामा सामान्य चोट लागेको छ भने २९ वर्षीया कल्पना केसी (धिताल)को मुख र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

सबै घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

ट्याक्टर चालक तुलसीपुर–१७ दुधरासका २९ वर्षीय राजेश परियारलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै प्र.स.नि. दिनेश बि.सीको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान