तुलसीपुर, १९ साउन ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित सुकौरारोड नजिक एक पुरुष कुलोमा डुबेर गम्भीर घाइते भएका छन्।
आईतबार करिब ५:५० बजे अन्दाजी ५५–६० वर्ष उमेरका अज्ञात पुरुष व्यक्ति गौरीगाउँतर्फ जाने कुलोमा बगिरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए। तत्पश्चात तत्कालै उनलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार हाल घाइतेको अवस्था गम्भीर रहेको छ।
प्रारम्भिक विवरण अनुसार ती व्यक्तिले मापसे (मदिरा सेवन) गरेका थिए ।
घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।









