दाङमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला

तुलसीपुर ९ साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ कटाह त्रिवेणी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय देशु चौधरी बिहीबार दिउँसो घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री बाटोमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनाबारे वडा नं. ११ का वडा सदस्य यज्ञ बहादुर बस्नेतले प्रहरी चौकी उरहरीलाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक (सई) एक बहादुर खड्काको टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ भने घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत