तुलसीपुर दाङमा खुकुरी प्रहार, दुई जना घाइते, पाँच जना पक्राउ

दाङ, भदौ २०।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक आज बिहान खुकुरी प्रहार भएको छ। स्थानीय बसन्त बिकसहित ७–८ जनाको समूहले अचानक आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

घाइतेमध्ये तुलसीपुर–५ बसपार्क बस्ने २१ वर्षीय आयुष बिकको टाउको र ढाडमा चोट लागेको छ। अवस्था मध्यम रहेकाले प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.मा रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्का घाइते १९ वर्षीय प्रवेश योगीको बायाँ हातमा सामान्य चोट लागेपछि उनलाई समेत संजिवनी कलेज, नेपालगञ्ज पठाइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न समूहलाई खोजी गर्ने क्रममा आज दिउँसो ३ः४५ बजे तुलसीपुर–४ रक्षा चौरबाट पाँच जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा–
१. तुलसीपुर–६ गोलौरा बस्ने १८ वर्षीय जीवन बिक (पिता ज्ञानबहादुर कामी)
२. तुलसीपुर–६ बसपार्क बस्ने १८ वर्षीय राजेश परियार (पिता रामु परियार)
३. तुलसीपुर बस्ने १९ वर्षीय नविन राना (पिता दलबहादुर राना)
४. तुलसीपुर बस्ने १८ वर्षीय बसन्त परियार (पिता झखबहादुर परियार)
५. तुलसीपुर बस्ने १८ वर्षीय नवीन सुनार रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रनिः सूर्य बहादुर राना मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत