आज राजधानीमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु ।

दाङ, २३ भदौ ।
आज राजधानीमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको पुष्टि भएको हो। मृतकमध्ये ६ जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा, २ जनाको सिभिल अस्पतालमा, १ जनाको केएमसी अस्पतालमा, १ जनाको त्रिवि शिक्षण अस्पतालमा र ३ जनाको एभरेष्ट अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ।

मृतक सबै जना प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

आज बिहानदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि स्थिति झन् हिंसात्मक बन्दै गएको हो। आन्दोलन नियन्त्रणमा लिन भन्दै दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो। तर पनि आन्दोलन रोकिएको छैन।

नयाँ बानेश्वरलगायतका क्षेत्र अहिले पनि तनावग्रस्त बनेका छन्।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान