ग्रेट अरनिकाेमा कक्षा ११ का विद्यार्थीहरूलाइ स्वागत

ग्रेट अरनिकोमा कक्षा ११ विद्यार्थीलाई स्वागत
तुलसीपुर, १५ भदौ ।
तुलसीपुरमा रहेको ग्रेट अरनिको इंग्लिश सेकेण्डरी स्कूलले कक्षा ११ का विद्यार्थीहरूको स्वागत र सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि संयोजक रावतले शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेमात्रै सफलता मिल्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका १८ का अध्यक्ष माधव ओलीले विद्यार्थीको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख सलाहकार विष्णु प्रसाद आचार्य र विद्यालयका संस्थापक अध्यक्ष महेश प्रसाद आचार्य पनि उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा एक हजार जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरूले गीत, कविता, गजल, मुक्तक, र नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखाएका हुन् । राष्ट्रिय लोक दोहोरी गायक शक्ति चन्द लगायतका कलाकारहरूले कार्यक्रमलाई थप मनोरञ्जनमय बनाउनुभयो ।

शिक्षक कमल डाँगीले गीतमार्फत विद्यार्थीहरूलाई पठन पाठनमा जोड दिन सुझाव दिनुभयो । भाइस प्रिन्सिपल कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्टराईले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…