नेकपा (बहुमत) दाङ जिल्लाले बुझायाे प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

नेकपा (बहुमत) दाङ जिल्लाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

नेकपा (बहुमत) दाङ जिल्लाले प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्व गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । भाद्र १६ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाईएको दुई बुँदे ज्ञापनपत्र कार्यन्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

गत १६ गते नेकपा बहुमत पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पुर्व बाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसि लाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै जनप्रदर्शन गरेको थियो ।

रुकुम पुर्वबाट प्रदेश संसदमा निर्बाचित डिवि भनिने धन बहादुर केसी लाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति हुन । उनी अहिले सम्म फरार सूचीमा पर्दै आएका छन् भने मन्त्री बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन । मन्त्री कुर्मिलाइ गृहमन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो। संसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाइएको दाङ जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिए । पार्टीले राखेका मागहरु कार्यन्वयनका लागी यहि २० गते मशाल जुलुश र २१ गते देखि प्रदेश भरिमा सरकारी सवारी साधनमा रोक लगाउने पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ ।

देशभर `भष्टाचार बिरुद्ध जनएकता अभियान ´ घोषणा गरको उक्त पार्टीले ५ नम्बर ब्युरोको कार्यतालिका अनुसार मंगलबार लुम्बिनी प्रदेश भरका प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र बुझाएको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान