सिसहनियाँ – महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीको जीवितै उद्धार

गढवा २१ असोज । दाङको देउखुरीमा राप्ती नदीमा हाम फालेका एक युवकको जीवितै उद्दार गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी ३२ बर्षिय आशाराम चौधरीलाई राप्ती नदीबाट प्रहरीले सकुशल उद्दार गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिएकी छिन् । सोमवार विहान करिब ८ बजेको समयमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट राप्ती नदीमा चौधरीले हाम फालेका थिए ।

प्रहरीका अनुसार चौधरी राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरेको केहि समयमै नेपाल प्रहरीले चौधरीलाई सकुशल उद्दार गर्न सफल भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएकी छिन् । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि हाम फाल्नुको कारण नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएकी छिन् । चौधरी अहिले इलाका प्रहरी कार्यालयमा रहेका छन् । देउखुरि टुडे बाट

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत