दाङको भालुवाङमा एक नाबालिका बलात्कृत

दाङको भालुवाङमा एक नाबालिका बलात्कृत, ६ दिन बितिसक्दा पनि दोषी पक्राउ परेन ।।।

सन्ताेषकुमार गुप्ता, दाङ २९ असोज ।

दाङ-देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् । स्रोतले दिएको जानकार अनुसार घटना असोज २४ गते बेलुका तिर सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका बलात्कृत भएकी हुन् ।

घटना घटेको केही समय पछि ती बालिका डेरामा आइ आफ्नी आमालाई भनेपछि आमाले छोरीको योनाङ्ग हेर्दा अत्यधिक रक्तस्राव भएको र घाउ समेत देखेपछि आमाले प्रहरीलाई खवर गरेकी थिईन् ।

इलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा नाबालिका बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस विषयमा प्रहरी सँग बुझ्दा प्रहरीले दोषी पत्ता लागि नसकेको र घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको लामो समय बितिसक्दा पनि निर्मला पन्तको जस्तै अपराधी लुकाउन खोजेको आभाष भएको स्थानीयले बताएका छन् ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत