दाङमा आफ्नै दाइको चक्कु प्रहारबाट भाइको हत्या

दाङ, ३० असोज । दाङमा दाइले चक्कु प्रहार गरी भाइको हत्या गरेका छन् । मंगलबार बिहान साढे ९ बजेको समयका नगरकोट गाउँपालिका वडा नम्बर १४ घर भइ हाल दाङको बबई गाउँपालिका वडा नम्बर ४ हापुरे बजारमा डोल्मा होटेल संचालन गर्दै आएका सोमार तामाङ्को छोरा २८ वर्षीय अनिल तामाङको हत्या भएको हो ।

यसअघि अनिलले आफूले आफैलाई चक्कु प्रहार गरेको भन्ने समाचार आएको थियो । तर अनिलले आफैले चक्कु प्रहार नगरी उनका सहोदर दाइ पूर्ण तामाङले चक्कु प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चक्कु प्रहार गरी घाइते भएका तामाङको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा मंगलबार विहान पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मापसे गरेका तामाङले बावुसँग जग्गाको विषयमा झगडा गरेपछि उनका सहोदर दाजु ३२ वर्षका पूर्ण तामाङले अनिलमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या गरेका पूर्ण तामाङ र हत्यामा प्रयोग गरिएको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 93 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित