दाङमा आफ्नै दाइको चक्कु प्रहारबाट भाइको हत्या

दाङ, ३० असोज । दाङमा दाइले चक्कु प्रहार गरी भाइको हत्या गरेका छन् । मंगलबार बिहान साढे ९ बजेको समयका नगरकोट गाउँपालिका वडा नम्बर १४ घर भइ हाल दाङको बबई गाउँपालिका वडा नम्बर ४ हापुरे बजारमा डोल्मा होटेल संचालन गर्दै आएका सोमार तामाङ्को छोरा २८ वर्षीय अनिल तामाङको हत्या भएको हो ।

यसअघि अनिलले आफूले आफैलाई चक्कु प्रहार गरेको भन्ने समाचार आएको थियो । तर अनिलले आफैले चक्कु प्रहार नगरी उनका सहोदर दाइ पूर्ण तामाङले चक्कु प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चक्कु प्रहार गरी घाइते भएका तामाङको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा मंगलबार विहान पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मापसे गरेका तामाङले बावुसँग जग्गाको विषयमा झगडा गरेपछि उनका सहोदर दाजु ३२ वर्षका पूर्ण तामाङले अनिलमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या गरेका पूर्ण तामाङ र हत्यामा प्रयोग गरिएको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने