
दाङ, २ कार्तिक
कार्तिक ८,९ ,१० गते सर्प महोत्सव तथा मानव र वन्यजन्तु बीच सम्बन्ध सचेतना कार्यक्रम हुने भएको छ।दाङमा पाइने सबै सर्पहरू विषालु नहुने र सर्पको पहिचान नहुँदा सर्प मार्ने तथा टोकेमा झारफुक गर्ने जस्ता कार्यहरू विगतदेखि नै भइरहेकाले यस विषयमा मानिसलाई सचेत बनाउनका लागि सचेतनामूलक कार्यक्रम हुने भएको छ ।
हामी संरक्षणको लागि काम गर्छौं संस्थाले आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सर्प महोत्सव सचेतना कार्यक्रम हुने बारे जानकारी दिएको हो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष वसन्त सुवेदीले कार्तिक ८,९, १० गते तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यानमा पश्चिम दाङ क्षेत्रमा पाइने जति पनि विषालु अ विषालु सर्पहरूको प्रदर्शनी सहित सचेतना कार्यक्रम राख्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा विशेष गरी तुलसीपुर, शान्तिनगर गाउँपालिकाका, दङ्गीशरण गाउँपालिका, सम्पूर्ण सरकारी तथा निजी विद्यालयका विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थीहरु लगायत सम्पूर्ण स्थानीय जनताहरुलाई सचेतना दिने संस्थाका अध्यक्ष सन्दीप ओलीले बताउनुभयो।
संस्थाका उपाध्यक्ष वसन्त ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गरिमा डाँगीले गर्नुभएको थियो।