चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो

रुपा थापा
कार्तिक ,७
यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स क्लव तुलसीपुरमा साक्षात्कार गरिएको हो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र ‘पुर्ण बहादुरको सारंगी’का कलाकार विजय बराल, मुकुन भुसाल, अन्जना बराइली, बाल कलाकार साेयम केसी तथा संगितकार सराेज केसी लगायतका कलाकारहरु सहभागी हुनुभएको थियाे ।
कलाकार मुकुन्द भुसालले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भयो । पुर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र `पुर्ण बहादुरकाे सारङगी´ लिएर दर्शकहरु उत्साहित भएको उहाँको भनाइ थियो । “चलचित्रकाे कथा अलि फरक छ खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छाेरालाई ठुलाे मान्छे बनाउने संघर्षकाे कथा छ” उहाँले भन्नुभयो “धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ ।” विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरु आउनुपर्छ भनेर प्रचारप्रसारमा सहयोग गर्ने आग्रह गर्नु भएकाे थियाे ।

त्यस्तै कलाकार अन्जना बराईलीले विपन्न समुदायको अवस्था ४० बर्ष भन्दा अगाडि के कस्तो थियो भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो । चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयाेजक शिव पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकी सचिव निरला अर्यालले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…