दाङको तुलसीपुरमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु तीनजना गम्भीर घाइते

तुलसीपुर, १० कार्तिक
दाङको तुलसीपुरमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
रोल्पाको कोइलाबास तुल्सीपुरतर्फ आइरहेको रा एक ज ८२२ नम्बरको डबल क्याप जीव तुलसीपुर ३ सातालेमा दुर्घटना हुँदा चालक दङ्गीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परि कपुरकोट छ कि ३१ वर्षीय देवा ओली उहाँका १३ वर्षीया छोरा महेश ओली र १० वर्षीय छोरा जीवन ओली गम्भीर घाइते भएका छन्। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ
प्रहरीका अनुसार रोल्पाबाट सल्यान हुँदै तुलसीपुरतर्फ आउँदै गरेको आउँदै गरेको डबल क्याप जीव तुलसीपुर ३ को साताले नजिकै शनिबार बिहान ४ बजेको समयमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान