
तुलसीपुर, १० कार्तिक
दाङको तुलसीपुरमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
रोल्पाको कोइलाबास तुल्सीपुरतर्फ आइरहेको रा एक ज ८२२ नम्बरको डबल क्याप जीव तुलसीपुर ३ सातालेमा दुर्घटना हुँदा चालक दङ्गीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा परि कपुरकोट छ कि ३१ वर्षीय देवा ओली उहाँका १३ वर्षीया छोरा महेश ओली र १० वर्षीय छोरा जीवन ओली गम्भीर घाइते भएका छन्। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ
प्रहरीका अनुसार रोल्पाबाट सल्यान हुँदै तुलसीपुरतर्फ आउँदै गरेको आउँदै गरेको डबल क्याप जीव तुलसीपुर ३ को साताले नजिकै शनिबार बिहान ४ बजेको समयमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।

