चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो


रुपा थापा
कार्तिक ,७
यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स क्लव तुलसीपुरमा साक्षात्कार गरिएको हो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र ‘पुर्ण बहादुरको सारंगी’का कलाकार विजय बराल, मुकुन भुसाल, अन्जना बराइली, बाल कलाकार साेयम केसी तथा संगितकार सराेज केसी लगायतका कलाकारहरु सहभागी हुनुभएको थियाे ।
कलाकार मुकुन्द भुसालले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भयो । पुर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र `पुर्ण बहादुरकाे सारङगी´ लिएर दर्शकहरु उत्साहित भएको उहाँको भनाइ थियो । “चलचित्रकाे कथा अलि फरक छ खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छाेरालाई ठुलाे मान्छे बनाउने संघर्षकाे कथा छ” उहाँले भन्नुभयो “धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ ।” विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरु आउनुपर्छ भनेर प्रचारप्रसारमा सहयोग गर्ने आग्रह गर्नु भएकाे थियाे ।


त्यस्तै कलाकार अन्जना बराईलीले विपन्न समुदायको अवस्था ४० बर्ष भन्दा अगाडि के कस्तो थियो भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो । चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयाेजक शिव पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकी सचिव निरला अर्यालले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    तुलसीपुर, ४ असार दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प…

    थप पढ्नुहोस्

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    तुलसीपुर ,०३ असार । दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।