अध्यक्ष भन्डारी द्वारा आफ्नो जन्मोत्सवको अबसरमा शैक्षिक सामग्री बितरण

अप्टिमिस्टिक क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भन्डारीले आफ्नो जन्मदिनको अबसर पारेर आफुले अध्यापन गराउने बिधालयका बालबिकास देखि कक्षा १० सम्मका बिबिध कारणले बुवा आमा गुमाएका साथै न्यून आर्थिक अबस्था भएका बालबालिकाहरुलाइ उनिहरुको पढाइमा थोरै भएपनी टेवा पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री बितरण गरेका छन ।

बिधालय प्राथनाको समयमा पारी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, बिधालयका प्रधानाध्यापक रुपेश गुप्ता, लगायत बिधालयका शिक्षकहरु समेतलाई उपस्थित गराइ एक कार्यक्रम गरि उक्त शैक्षिक सामग्री बितरण गरिएको थियो ।
उनले यो कार्यलाइ आगामी बर्षमा पनि तुलसीपुरका अन्य बिधालयहरुमा पनि निरन्तरता दिने समेत घोषणा गरेका छन । साथै उनले कक्षा ८ का बिद्यार्थीहरुलाइ बिधालय समय बाहिर एक महिनाको अंग्रेजी बिषयको निशुल्क रेमिडेयल कक्षा समेत संचालन गर्ने जनाएका छन ।

समाजमा निराशाको कारण धेरै समस्याहरु देखापरिरहेको अबस्थामा आफुले पढने चाहना राखेमा आर्थिक अबस्था बाधक नबन्ने र सहयोगी हातहरु हातेमालो गर्न तयार रहने उनको तर्क रहेको छ । साथै बालबालिका हरुमा देखिएका मानसिक समस्या निराकरणमा समेत क्लबले आफ्नो स्थापना कालदेखिनै मोटिभेसनल र मनोसामाजिक परामर्श लगायतका कार्यहरु गर्दै आएको समेत उनले बताए । उनले आफू अध्यक्ष रहेको क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुलाइ समेत यस्तै फरक कार्य गरि जन्मोत्सव मनाउने बाताबरण बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, प्रधानाध्यापक रुपेस गुप्ताले जन्मोत्सवको शुभकामना सहित अन्य शिक्षक हरुलाइ पनि अन्य खानपिन र रमाइलोमा भन्दा यस्तै उदाहरणिय कार्य गर्न र बिधालयमा यस्तै अबसर पारेर एउटा कोष समेत खडा गर्ने र उक्त कोष बिद्यार्थीहरुकै हकहित र भैपरी आउने घटनामा प्रयोग गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि यज्ञ बहादुर के. सि. ले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…