अध्यक्ष भन्डारी द्वारा आफ्नो जन्मोत्सवको अबसरमा शैक्षिक सामग्री बितरण

अप्टिमिस्टिक क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भन्डारीले आफ्नो जन्मदिनको अबसर पारेर आफुले अध्यापन गराउने बिधालयका बालबिकास देखि कक्षा १० सम्मका बिबिध कारणले बुवा आमा गुमाएका साथै न्यून आर्थिक अबस्था भएका बालबालिकाहरुलाइ उनिहरुको पढाइमा थोरै भएपनी टेवा पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री बितरण गरेका छन ।

बिधालय प्राथनाको समयमा पारी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, बिधालयका प्रधानाध्यापक रुपेश गुप्ता, लगायत बिधालयका शिक्षकहरु समेतलाई उपस्थित गराइ एक कार्यक्रम गरि उक्त शैक्षिक सामग्री बितरण गरिएको थियो ।
उनले यो कार्यलाइ आगामी बर्षमा पनि तुलसीपुरका अन्य बिधालयहरुमा पनि निरन्तरता दिने समेत घोषणा गरेका छन । साथै उनले कक्षा ८ का बिद्यार्थीहरुलाइ बिधालय समय बाहिर एक महिनाको अंग्रेजी बिषयको निशुल्क रेमिडेयल कक्षा समेत संचालन गर्ने जनाएका छन ।

समाजमा निराशाको कारण धेरै समस्याहरु देखापरिरहेको अबस्थामा आफुले पढने चाहना राखेमा आर्थिक अबस्था बाधक नबन्ने र सहयोगी हातहरु हातेमालो गर्न तयार रहने उनको तर्क रहेको छ । साथै बालबालिका हरुमा देखिएका मानसिक समस्या निराकरणमा समेत क्लबले आफ्नो स्थापना कालदेखिनै मोटिभेसनल र मनोसामाजिक परामर्श लगायतका कार्यहरु गर्दै आएको समेत उनले बताए । उनले आफू अध्यक्ष रहेको क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुलाइ समेत यस्तै फरक कार्य गरि जन्मोत्सव मनाउने बाताबरण बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, प्रधानाध्यापक रुपेस गुप्ताले जन्मोत्सवको शुभकामना सहित अन्य शिक्षक हरुलाइ पनि अन्य खानपिन र रमाइलोमा भन्दा यस्तै उदाहरणिय कार्य गर्न र बिधालयमा यस्तै अबसर पारेर एउटा कोष समेत खडा गर्ने र उक्त कोष बिद्यार्थीहरुकै हकहित र भैपरी आउने घटनामा प्रयोग गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि यज्ञ बहादुर के. सि. ले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।