तुलसीपुरमा बुलेट स्पेयर एण्ड रिपियर हब सञ्चालनमा


तुलसीपुर १३ मंसिर
दाङको तुलसीपुरमा धमाधम नयाँ व्यबसाय हरु सञ्चालनमा आएका छन् । व्यवसाय भन्दा विदेश यात्राको लहर चलिरहेको बेला तुलसीपुर ६ घोराही रोडमा रहेको बजाज सोरुम नजिक बुलेट स्पेयर एण्ड रिपियर हब नयाँ व्यवस्थापन का साथ सञ्चालनमा आयको छ ।

अहिले युवाहरु ब्यबसायमा लगानी सुरक्षित छैन भन्ने मनसायले लगानी गर्न इच्छुक नहुने धेरै छन् यो समयमा हामीले लगानी मैत्री वातावरण बनाउनु पर्छ भन्ने उद्देश्यले बुलेट स्पेयर एण्ड रिपियर हब तुलसीपुर सेवाग्राही को चाहना अनुरुप सेवा दिन सञ्चालनमा ल्याएको हब का संचालक सुरेन्द्र ओलीले बताउनु भयो । विदेश मा गरिने श्रम आफ्नै भूमि मा गर्छु भन्ने अठोटले यो क्षेत्रमा हात हालेको ओलिको भनाइ छ । करिब १५/२० लाख को लगानीमा हब सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।बुलेट एनफिल्ड र विभिन्न प्रकारका बाइक हरु रिपेयर गरिन्छ ।


हब को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवाहरु उद्यमशील बन्नु सुखद पक्ष रहेको बताउनु भयो। निजी क्षेत्रको विकासलाई राज्यको अर्थतन्त्रलाई मदत पुग्छ उहाँले भन्नुभयो । युवाहरुलाई लगानीको सुरक्षा गर्न सकियो भने बिदेसिने लहर कम हुने केसीले बताउनु भयाे।

  • सम्बन्धित पोस्टहरू

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    तुलसीपुर, ४ असार दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प…

    थप पढ्नुहोस्

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    तुलसीपुर ,०३ असार । दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।