बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि दाङभ्याली माविले सुरु गर्यो सुनौलो भविष्य कार्यक्रम

तुलसीपुर ६ पुष । बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सुनौलो भविष्य कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।दाङको तुलसीपुरमा अवस्थित दाङ भ्याली माध्यमिक विद्यालयले रेडियो हाम्रो पहुँचसँग सहकार्य गरी गाउँँगाउँमा पुगी अभिभावक बालबालिका र स्थानीय वडा सरकारसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको छ।

देशभरकै चुनौतीको रूपमा रहेको समस्या बालबालिकाहरू दुर्वेशन र मोबाइलको लतमा फस्ने जस्ता व्यापक समस्याहरू वर्तमान समयमा देखिने गरेकाले यसबाट बालबालिकाहरूलाई मुक्त राखी उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि गाउँ गाउँमा पुगेर अभिभावकहरूलाई शिक्षा दिन थालेको छ।

विद्यालयले आज तुलसीपुर ६ बरुवा गाउँको राप्ती बबइ टोलमा पुगेर सुनौलो भविष्य कार्यक्रम सञ्चालन गरेको विद्यालयका संस्थापक प्रधानाध्यापक तिलक साहुले बताउनुभयो । उहाँले घरनै बालबालिकाहरूको पहिलो पाठशाला भएकाले विद्यालयबाट मात्रै सबै कुरा सम्भव नहुने हुनाले यस्ता खालका कार्यक्रमहरु घरघरमानै गएर सञ्चालन गर्न लागिएको विद्यालयका अध्यक्ष तिलक साहुले बताउनुभयो ।

त्यस्तै टोल विकास संस्थाका अध्यक्ष प्रेम कवरको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले टोलको विकासमा मात्र ध्यान दिने भएकाले बालबालिकाहरूको विषयमा त्यति चासो नदिएको र आफूले पनि बालबालिकाहरूको हेर्चाहामा खासै समय दिन नपाउने गरेको बताउनुभयो।
त्यस्तै टोलका स्थानीय देवा कवरले आफ्नो परिश्रम र मेहनत बालबालिकाहरूका लागिनै गरे पनि बालबालिकाहरूका लागि खासै समय दिन नसकेता पनि सकेसम्म समय मिलाएर बालबालिकाहरूसँग आफ्नो समय बिताउने गरेको बताउनुभयो।

यस्ता खालका कार्यक्रमहरूलाई निरन्तर रूपमा प्राथमिकता दिँदै कार्यक्रमहरू महिनाको प्रत्येक साता प्रदर्शन गरिने विद्यालयले जनाएको छ भने कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान