गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी


निरला अर्याल
गंगटे, ६ पुस ।
दाङको कणर्ाली भनेर चिनिने बबई गाउँपालिकाको वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।

बबई गाउँपालिका १ निवासी ९० वर्षीय शिला थापालाई शरीरमा समस्यै समस्या छ तर अहिलेसम्म अस्पताल जानु भएको छैन । शरीरमा जस्तो सुकै दुखाइ भएपनि गाउँघरको औषधि उपचार गरेर रोग निको भएको विश्वास छ ।

घरको आर्थिक अवस्थाले अहिले पनि अस्पताल जाने अवस्था छैन् । आफ्नै घर नजिक डाक्टर आउँछन् भन्ने सुनेर जाँच गराउन आएको थापाले बताउनुभयो ।

निःशुल्क शिविर हुने ठाउँमा करिब डेड घण्टा हिँडेर उपचार गर्न आउनु भएका ६० वर्षीय पिउबर कुवर र उहाँको ५५ वर्षीय श्रीमती भूमिसरा कुवरको समस्या झन् जटिल छ ।

पिउबरलाई पिसाब लाग्न छोडेको हप्तौं दिन भयो । खाना नखाएको त झन धेरै दिनभयो । शरिरमा नदुख्ने ठाउँ कतै छैन । कहिले खुट्टाको दुखाइले हिँड्न सक्नु हुन्न त कहिले ढाडको समस्याले बसेको ठाउँबाट उठ्न गारो हुन्छ ।

विगत ८/९ वर्ष देखि गाउँघरमा घरायसी औषधिको भरमा बस्नु भएका पिउबर कुवर र उहाँको श्रीमती गाउँघरमा स्वास्थ्य जाँच गराउन पाउँदा हर्षित छन् । ‘हाम्रो लागि भगवान भनेको डाक्टर हुन् ।’ कुवर दम्पतिको भनाई छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा बबई-१ गंगटेको आधारभूत जनता माविमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पुग्नुभएका बबई-१ का ८० वर्षीय नाइने बोरेनीलाई सास फेर्न गाह्रो हुन्छ । दमको रोगले च्यापेको धेरै वर्ष भयो । वर्षौं देखि रोग पालेर बस्नु भएकी बोरेनीले निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउनुभयो । औषधि पाएपछि अब बाँच्छु होला भन्दै खुसीसाथ घर फर्किनु भयो ।

स्वास्थ्य क्षेत्रमा पहुंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष विनिल केसीले बताउनुभयो ।

शिविरमा २१२ जना बिरामीहरूलाई सेवा लिएका छन् । पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 87 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित