गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी

निरला अर्याल
गंगटे, ६ पुस ।
दाङको कणर्ाली भनेर चिनिने बबई गाउँपालिकाको वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।

बबई गाउँपालिका १ निवासी ९० वर्षीय शिला थापालाई शरीरमा समस्यै समस्या छ तर अहिलेसम्म अस्पताल जानु भएको छैन । शरीरमा जस्तो सुकै दुखाइ भएपनि गाउँघरको औषधि उपचार गरेर रोग निको भएको विश्वास छ ।

घरको आर्थिक अवस्थाले अहिले पनि अस्पताल जाने अवस्था छैन् । आफ्नै घर नजिक डाक्टर आउँछन् भन्ने सुनेर जाँच गराउन आएको थापाले बताउनुभयो ।

निःशुल्क शिविर हुने ठाउँमा करिब डेड घण्टा हिँडेर उपचार गर्न आउनु भएका ६० वर्षीय पिउबर कुवर र उहाँको ५५ वर्षीय श्रीमती भूमिसरा कुवरको समस्या झन् जटिल छ ।

पिउबरलाई पिसाब लाग्न छोडेको हप्तौं दिन भयो । खाना नखाएको त झन धेरै दिनभयो । शरिरमा नदुख्ने ठाउँ कतै छैन । कहिले खुट्टाको दुखाइले हिँड्न सक्नु हुन्न त कहिले ढाडको समस्याले बसेको ठाउँबाट उठ्न गारो हुन्छ ।

विगत ८/९ वर्ष देखि गाउँघरमा घरायसी औषधिको भरमा बस्नु भएका पिउबर कुवर र उहाँको श्रीमती गाउँघरमा स्वास्थ्य जाँच गराउन पाउँदा हर्षित छन् । ‘हाम्रो लागि भगवान भनेको डाक्टर हुन् ।’ कुवर दम्पतिको भनाई छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा बबई-१ गंगटेको आधारभूत जनता माविमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पुग्नुभएका बबई-१ का ८० वर्षीय नाइने बोरेनीलाई सास फेर्न गाह्रो हुन्छ । दमको रोगले च्यापेको धेरै वर्ष भयो । वर्षौं देखि रोग पालेर बस्नु भएकी बोरेनीले निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउनुभयो । औषधि पाएपछि अब बाँच्छु होला भन्दै खुसीसाथ घर फर्किनु भयो ।

स्वास्थ्य क्षेत्रमा पहुंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष विनिल केसीले बताउनुभयो ।

शिविरमा २१२ जना बिरामीहरूलाई सेवा लिएका छन् । पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत