
तुलसीपुरमा अागलागि पिडितलाई घर निर्माण गरि हस्तान्तरण गरिएकाे छ । बढ्दाे रूपमा भइरहेकाे अागलागिबाट पिडित भएका व्यक्तिलाइ सहयाेग गर्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका १३ सिमखुटीका निर्मला महतारालाइ घर निर्माण गरि हस्तान्तरण गरिएकाे हाे । लायन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीकाे अध्यक्षतामा तथा तुलसीपुर १३ का वडा अध्यक्ष माेहन पाैडेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा संथाका अध्यक्ष दिपक केसीले अागलागि पिडीतकाे घरमा अाएर अबलाेकन गर्दा पिडीतले अार्थिक सहयाेग जुटाउन नसकेपछि पिडितलाइ सहयाेग गर्ने उदेश्यले लायन्सकाे टिमले विभिन्न सामाजिक व्यक्तित्वहरूसंग सहयाेग लिदै घर निर्माण गरेकाे बताउनुभयाे ।
त्यस्तै तुलसीपुर १३ का वडा अध्यक्षले वडामा बजेटकाे अभाबकाे बेला लायन्सकाे टिमले सहयाेग गरेकाे बताउनुभयाे ।
त्यस्तै अागलागि पिडित निर्मला महाताराले बैशाख ४ गते अाथलागि भइ धनसम्पत्तिकाे क्षेति भएकाे देख्दा लायन्सकाे टिमले यहासम्म सहयाेग गरेकाे बताउनुभयाे । लायन्स क्लबका द्वितिय उपाध्यक्ष डम्वर केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण लायन्स क्लबका काेषाध्क्ष प्रकाश भुषालले गर्नुभएकाे थियाे ।

