तुलसीपुरको तरकारी तथा फलफुल कृषि बजारका अध्यक्षबाटै ठगिन्छन् कृषक

रिता केसी
तुलसीपुर , ९ पुस ।
दाङको तुलसीपुरमा अवस्थित तरकारी तथा फलफुल कृषि बजारका अध्यक्षबाटै ठगिएको कृषकहरूले गुनासो गरेका छन्।तरकारी तथा कृषि बजारको मूल्यसूची बोर्डमा काउली प्रति केजी ९० रुपैयाँ राखिएकोमा तरकारी तथा कृषि बजार व्यवस्थापकका अध्यक्ष माधवप्रसाद घिमिरेका पसलबाट नै काउलीको मूल्य घटेको छ भन्दै ४० रूपैयाँ केजी काउली खरिद गरेको भन्दै कृषकले गुनासो गरेका छन्।

तुलसीपुर बजारभरि नै तरकारीको मूल्य पसलैपिच्छे फरकफरक आउने गरेको व्यापक गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले कोही पनि कृषक तथा उपभोक्ताहरू नठगिउन भन्नका लागि तरकारी तथा कृषि बजारमा मूल्य सूची बोट राखेको हो।
तर मूल्यसूची बोर्डमा राखिए अनुसारको दाममा व्यापारीहरूले तरकारीहरू खरिद नगरी मूल्यसूची बोर्डमा एउटा मूल्य बेच्ने मूल्य अर्कै अर्कै राखेको कृषकले गुनासो गरेका हुन् ।

योभन्दा अगाडि ७० रूपैयाँ प्रति केजी काउली बेच्दै आएका कृषकले योपटक भने ११ केजी काउली बेचेर ४४० लगेको उहाँको भनाइ छ।

यस विषयमा हाम्रो टिमलाई पीडितले जानकारी गराइसकेपछि हामीले यस विषयमा बुझ्नका लागि बजार व्यवस्थापक माधवप्रसाद घिमिरेसँग थप कुराकानी गर्यौं
तरकारीहरूको मूल्य फरक फरक दिनमा परिवर्तन भइराख्ने हुँदा यसलाई परिवर्तन नगरिएको हो उहाँले बताउनुभयो तुलसीपुर उपमहानगरपालिकाको वेबसाइटमा हेर्दा बिहानको १० बजेर १८ मिनेटसम्म पुरानै मूल्यसूची प्रति केजी ९० राखिएको थियो भने हामीले बजार व्यवस्थापकका अध्यक्षलाई जानकारी गराइसकेपछि उहाँले मूल्य परिवर्तन गरी ४० देखि ६० प्रति केजी राख्नुभएको छ।

यता तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले तरकारीहरूको मूल्य परिवर्तन समयसमयमा हुने गर्दछ।तरकारीहरूको मूल्य अपडेट समितिले नै गर्ने हुनाले उहाँसँग नै सम्पर्क राख्न अनुरोध गर्नुभयो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान