तुलसीपुरको तरकारी तथा फलफुल कृषि बजारका अध्यक्षबाटै ठगिन्छन् कृषक

रिता केसी
तुलसीपुर , ९ पुस ।
दाङको तुलसीपुरमा अवस्थित तरकारी तथा फलफुल कृषि बजारका अध्यक्षबाटै ठगिएको कृषकहरूले गुनासो गरेका छन्।तरकारी तथा कृषि बजारको मूल्यसूची बोर्डमा काउली प्रति केजी ९० रुपैयाँ राखिएकोमा तरकारी तथा कृषि बजार व्यवस्थापकका अध्यक्ष माधवप्रसाद घिमिरेका पसलबाट नै काउलीको मूल्य घटेको छ भन्दै ४० रूपैयाँ केजी काउली खरिद गरेको भन्दै कृषकले गुनासो गरेका छन्।

तुलसीपुर बजारभरि नै तरकारीको मूल्य पसलैपिच्छे फरकफरक आउने गरेको व्यापक गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले कोही पनि कृषक तथा उपभोक्ताहरू नठगिउन भन्नका लागि तरकारी तथा कृषि बजारमा मूल्य सूची बोट राखेको हो।
तर मूल्यसूची बोर्डमा राखिए अनुसारको दाममा व्यापारीहरूले तरकारीहरू खरिद नगरी मूल्यसूची बोर्डमा एउटा मूल्य बेच्ने मूल्य अर्कै अर्कै राखेको कृषकले गुनासो गरेका हुन् ।


योभन्दा अगाडि ७० रूपैयाँ प्रति केजी काउली बेच्दै आएका कृषकले योपटक भने ११ केजी काउली बेचेर ४४० लगेको उहाँको भनाइ छ।

यस विषयमा हाम्रो टिमलाई पीडितले जानकारी गराइसकेपछि हामीले यस विषयमा बुझ्नका लागि बजार व्यवस्थापक माधवप्रसाद घिमिरेसँग थप कुराकानी गर्यौं
तरकारीहरूको मूल्य फरक फरक दिनमा परिवर्तन भइराख्ने हुँदा यसलाई परिवर्तन नगरिएको हो उहाँले बताउनुभयो तुलसीपुर उपमहानगरपालिकाको वेबसाइटमा हेर्दा बिहानको १० बजेर १८ मिनेटसम्म पुरानै मूल्यसूची प्रति केजी ९० राखिएको थियो भने हामीले बजार व्यवस्थापकका अध्यक्षलाई जानकारी गराइसकेपछि उहाँले मूल्य परिवर्तन गरी ४० देखि ६० प्रति केजी राख्नुभएको छ।

यता तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले तरकारीहरूको मूल्य परिवर्तन समयसमयमा हुने गर्दछ।तरकारीहरूको मूल्य अपडेट समितिले नै गर्ने हुनाले उहाँसँग नै सम्पर्क राख्न अनुरोध गर्नुभयो।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।