अप्टिमिस्ट क्लब अफ तुलसीपुरले गर्यो विद्यालय क्षेत्र गतिसिमित बोर्ड स्थापना तथा जेब्रा क्रसिङ निर्माण

तुलसीपुर, १० पुष । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले विद्यालय क्षेत्र गतिसिमित बोर्ड स्थापना तथा जेब्रा क्रसिङ निर्माण गरेको छ ।बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि पैदल यात्रु र विद्यार्थीहरूलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने शिक्षा समेत प्रदान गर्ने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको हो।

क्लबले ९ नम्बर वडा कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर अस्थायी प्रहरी चौकी बेलुवाको समन्वयमा निर्माण गरेको क्लबका अध्यक्ष एकराज भण्डारीले जानकारी दिनुभयो ।

अप्टिमिस्ट क्लब अफ तुलसीपुर वर्ष २०२४ \२५ का अध्यक्ष एकराज भण्डारीको अध्यक्षतामा तथा तुलसीपुर ९ नम्बर वडाका वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा तुलसीपुर ९ नम्बर वडा कार्यालय जाने बाटो बेलुवा अटो भिलेज जाने बाटो र दमार गाउँ जाने बाटोमा विद्यालय क्षेत्र गति सिमित लेखेको बोर्ड स्थापनाका साथै जेब्रा क्रसिङ निर्माण सम्पन्न गरिएको हो ।

निर्माण कार्यक्रममा प्रमुख अतिथि घनश्याम ढकाल, समाजसेवी एवं युवा नेता मुक्ति न्यौपाने , अप्टिमिस्ट इन्टरनेसनल नेपाल डाइरेक्टर एवं निवर्तमान अध्यक्ष कमल सापकोटा, अप्टिमिस्ट इन्टरनेसनल नेपालका लेफ्टिनेन्ट गवर्नर एवं अप्टिमिस्ट क्लब अफ तुलसीपुर संस्थापक अध्यक्ष लगायतले आआफ्नो विचार राख्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले क्लबले छोटो समयमै गर्दै आएको कार्यप्रति उच्च मूल्याङ्कन गर्नुभएको थियो भने उक्त कार्य एउटा संकेतात्मक भएको र अब स्थानीय पालिकाले ध्यान पुर्‍याउनुपर्ने समेत बताउनुभएको थियो।
अप्टिमिस्ट क्लब अफ तुलसीपुरका वरिष्ठ उपाध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मेघराज पोखरेलले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान