क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको जिल्ला समितिद्वारा १३२औ माओवादी दिवस सम्पन्न

तुलसीपुर १२ पुष । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाको समितिद्वारा १३२ औ माओवादी दिवस तथा राष्ट्रिय एकता महाधिवेशन घोषणा सन्देश सभा सम्पन्न भएको छ। सुकुम्बासी समस्या हल गर्न लमही नगरपालिका वडा नम्बर ३ का मुक्त सुकुम्बासी तथा मजदुर सहितको टोलीले दाङका प्रमुख जिल्ला अधिकारीलाई भेटघाट गरी सुकुम्बासी समस्या हल गर्न कार्यक्रम गरेको हो। यसका लागि ज्ञापनपत्र पनि बुझाएको छ ।

पार्टीका दाङ जिल्ला सचिव ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा तथा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहराले माओवादीले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै अहिलेको समृद्ध चीन माओवादीको उपहार हो भन्नुभयो।
त्यस्तै केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले तीन पार्टीको एकता मजबुत बनाएको कुरा राख्दै पार्टी एकताले देशविदेशका दलहरू तर्सेको बताउनुभयो।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य तथा घोराइ नगर समिति इन्चार्ज समेत रहनुभएका नवीन खड्काले कमरेड माओवादीले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्‍याउनुभएको चर्चा गर्दै राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि जनतामा उत्साह थपिएको जनताको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नै पार्टी नेपाल नै हो अब केही परिवर्तन हुनेछ भन्ने विश्वास जनतामा रहेको कुरा राख्दै जिल्लाभित्रका समस्या तथा समस्या हल गर्न सकिने योजनाहरूको बारेमा मन्तव्य राख्नुभएको थियो ।

जिल्ला सदस्य तिलक बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय वैकल्पिक सदस्य तथा दाङ जिल्ला सह सेक्रेटरी दिपक बिष्टले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान