
तुलसीपुर १२ पुष । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाको समितिद्वारा १३२ औ माओवादी दिवस तथा राष्ट्रिय एकता महाधिवेशन घोषणा सन्देश सभा सम्पन्न भएको छ। सुकुम्बासी समस्या हल गर्न लमही नगरपालिका वडा नम्बर ३ का मुक्त सुकुम्बासी तथा मजदुर सहितको टोलीले दाङका प्रमुख जिल्ला अधिकारीलाई भेटघाट गरी सुकुम्बासी समस्या हल गर्न कार्यक्रम गरेको हो। यसका लागि ज्ञापनपत्र पनि बुझाएको छ ।
पार्टीका दाङ जिल्ला सचिव ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा तथा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहराले माओवादीले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै अहिलेको समृद्ध चीन माओवादीको उपहार हो भन्नुभयो।
त्यस्तै केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले तीन पार्टीको एकता मजबुत बनाएको कुरा राख्दै पार्टी एकताले देशविदेशका दलहरू तर्सेको बताउनुभयो।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य तथा घोराइ नगर समिति इन्चार्ज समेत रहनुभएका नवीन खड्काले कमरेड माओवादीले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको चर्चा गर्दै राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि जनतामा उत्साह थपिएको जनताको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नै पार्टी नेपाल नै हो अब केही परिवर्तन हुनेछ भन्ने विश्वास जनतामा रहेको कुरा राख्दै जिल्लाभित्रका समस्या तथा समस्या हल गर्न सकिने योजनाहरूको बारेमा मन्तव्य राख्नुभएको थियो ।
जिल्ला सदस्य तिलक बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय वैकल्पिक सदस्य तथा दाङ जिल्ला सह सेक्रेटरी दिपक बिष्टले गर्नुभएको थियो।

