डिभाइन टेम्पलमा विधार्थी र शिक्षककाे सामुहिक याेग सम्पन्न

डिभाईन टेम्पलमा विद्यार्थी र शिक्षकको सामुहिक योग
दाङ, ८ असार ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा तुलसीपुर -६ स्थित डिभाइन टेम्पल एकेडमीमा योग सम्बन्धि कार्यक्रम गरिएको छ । दिवसको अवसरमा योग नृत्य, योगको चर्चा एवम् विद्यार्थी शिक्षकहरुले सामुहिक रूपमा योग समेत गरेका छन् ।

त्यस अवसरमा योग एवम् वास्तु विज्ञ माधवा शर्मा पोख्रेलले योगले शारिरिक एवं मानसिक स्वास्थ्यमा पुर्‍याउने फाइदाका बारेमा चर्चा गर्दै विद्यार्थी एवम् शिक्षकहरुलाई योग सिकाउनुभयो ।

यसैगरी विद्यार्थीहरुले योग नृत्य समेत प्रदर्शन गरेका थिए । योगको बारेमा विद्यार्थीहरु समेतले योग मानव स्वास्थ्यका लागि योग अनिवार्यजस्तै भएको बताएका छन् । शिक्षक प्रकाश भट्टराईले योगको विषय र समसामयिक कुरा राख्दै कविता बाचन गर्नु भएको हो ।

कार्यक्रममा विद्यार्थीले योग झल्काउने चित्रहरु बनाएका थिए । कार्यक्रममा कक्षा ६ का विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । विद्यार्थीहरु सागर अधिकारी, हर्षिका बोहरा, रेसु केसी, सम्भव गौतम लगायतले योगको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रेरक व्यक्तित्व डिल्ली संगीत बस्नेत, पत्रकार आशिष केसी लगायतले योगको आवश्यकता र महत्वको बारेमा धारणा राख्नुभयो ।

दिप प्रज्वलन र स्वस्ती वाचन गरेर सुरुवात गरिएको कार्यक्रममा पछिल्लो समयमा डिभाईन टेम्पल एकेडमीले आफ्नो मौलिक कला, सँस्कृती र परम्परागत शैली अनुसरण गर्दै कार्यक्रम गर्ने गरेको एकेडमीका एकेडेमिक संयोजक जीवन लामिछानेले बताउनुभयो ।

एकेडमीका सस्थापक प्रीन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण एकेडमीका भाइस प्रीन्सिपल महेश लामिछानेले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत