मिड वेस्ट पाेइन्ट एकेडेमीमा एनसिसि तालिम कार्यक्रम सम्पन्न

मिड वेस्ट पोइन्ट एकेडेमी मा एनसिसि तालिम कार्यक्रम सम्पन्न
कृष्णअधिकारी
दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सुरु भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा कार्यक्रम भएको हो । निशुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेे उदेश्यले तालिमको आयाेजना गरिएको जनाईएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्तिले बिधार्थिहरुकाे उज्वल भबिश्य को कामन गर्नुभएको थियाे ।
तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ । तालिमका लागि १८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना छनोट भएका छन् । तालिमको अवधि आजदेखि आगामी मंसिरसम्म रहने छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गर्नु भएको थियो । यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उतीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत