मिड वेस्ट पाेइन्ट एकेडेमीमा एनसिसि तालिम कार्यक्रम सम्पन्न

मिड वेस्ट पोइन्ट एकेडेमी मा एनसिसि तालिम कार्यक्रम सम्पन्न
कृष्णअधिकारी
दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सुरु भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा कार्यक्रम भएको हो । निशुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेे उदेश्यले तालिमको आयाेजना गरिएको जनाईएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्तिले बिधार्थिहरुकाे उज्वल भबिश्य को कामन गर्नुभएको थियाे ।
तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ । तालिमका लागि १८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना छनोट भएका छन् । तालिमको अवधि आजदेखि आगामी मंसिरसम्म रहने छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गर्नु भएको थियो । यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उतीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 87 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित