सामाजिक सुरक्षा कोषमा आवद्ध झण्डै ५ हजार बढिले अव राप्ती प्रतिष्ठानवाट विशेषज्ञसहीत उपचार पाउने

दाङ । दाङवाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखी अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ । आज काठमाण्डौमा एक कार्यक्रमका विच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारी विच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्ने गरी सम्झौता गरीएको हो । दाङवाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि ब्यक्ति आवद्ध रहेका छन् । कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरीको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । कोषमा वैदेशीक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनिमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध रहदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहीत सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुको उपचार हुनेछ । कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानि हुने छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत