सामाजिक सुरक्षा कोषमा आवद्ध झण्डै ५ हजार बढिले अव राप्ती प्रतिष्ठानवाट विशेषज्ञसहीत उपचार पाउने


दाङ । दाङवाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखी अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ । आज काठमाण्डौमा एक कार्यक्रमका विच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारी विच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्ने गरी सम्झौता गरीएको हो । दाङवाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि ब्यक्ति आवद्ध रहेका छन् । कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरीको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । कोषमा वैदेशीक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनिमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध रहदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहीत सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुको उपचार हुनेछ । कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानि हुने छ ।

  • सम्बन्धित पोस्टहरू

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।

    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”

    • By rita kc
    • ३ जेष्ठ २०८२, शुक्रबार ०६:२८
    • 100 views
    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”