तुलसीपुरमा ‘रैथाने खाना’ महोत्सव गरिदै

दाङ, २६ पुस ।
रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न लागेको हो । आउँदो आइतबार (पुस २८ गते) तुलसीपुर–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा दोस्रो रैथाने खाना महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परम्परागत परिकारको परिकारको प्रदर्शनी र स्वाद चखाउने उहाँले बताउनुभयो । उहाँका अनुसार सहभागीहरूले विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् । महोत्सवमा कोदाको ढिँडोदेखि ढिक्रि, अनदीको झोल, सातु पेडा, गुन्द्रुक, सिस्नुको झोल, लोकल मासु, घोंगी, गंगटा लगायतका परिकार रहने उहाँले बताउनुभयो ।

महोत्सवले हराउँदै गएका परम्परागत परिकारहरूको महत्व झल्काउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । ‘हाम्रो परम्परा र खानपानलाई पुनर्जीवित गर्न तथा यसको मौलिकतामाथि गर्व गर्न हामीले यो महोत्सव आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो–‘महोत्सवको मनोरञ्जनात्मक पक्षलाई थप बलियो बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति र मौलिक नृत्य प्रदर्शन गरिनेछ ।’

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले महोत्सवमा स्थानीय बासिन्दा, पर्यटक र अन्य आगन्तुकहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले रैथाने खाना महोत्सवले स्थानीय परम्परा र संस्कृति जोगाउँदै तुलसीपुरलाई सांस्कृतिक र पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान